फाल्न नहुने फलफुलका बोक्राहरु जसले सुन्दरतामा निखार ल्याउँछ !
फलफुल हाम्रो शरीरको लागि एकदम आवश्यकीय तत्व हो । यसले हाम्रो शरीरलाई चाहिने भिटामिन उब्लब्ध गराउनुको साथै अनुहारमा चमक ल्याउन सहयोग गर्दछ । फलफुल खाएपछि हामी त्यसको बोक्रालाई फोहरमा मिल्काई दिन्छौ किनकी हामीलाई यसको फाईदाबारे ज्ञान छैन जुन यसप्रकार छन् ।
मेवाको बोक्रा – मेवाको बोक्रा तास्दा एक किसीमको सेतो चोपयूक्त तरल पदार्थ आउछ यो सहितको बोक्रा धोएको अनुहारमा केहि समय दलेर छाड्ने र अनुहार सुके पछि अनुहार धोएमा मुलायम तथा चम्किलो महसुस् हुन्छ । यो प्रकृया हप्तामा दुई पटक गरेमा धेरै फरक अनुभव गर्न सकिन्छ ।
खरबुजाको बोक्रा – खरबुजा यस्तो मौसमी फल हो जुन गर्मी महिनामा मात्र पाइन्छ । यसले हाम्रो शरिरमा पानीको कमीलाई केही हदसम्म पूरा गर्ने गर्दछ । खरबुजाको बोक्राको पेष्टलाई अनुहारमा लगाउँदा दादको समस्या टाढा रहन्छ भने यसले छालालाई विशेष चम्किलो पनि राख्छ ।
सुन्तलाको बोक्रा – सुन्तलाबाट भिटामिन सि पाईन्छ । यो हाम्रो छालाको लागि निकै फाइदाजनक मानिन्छ । जसलाई सुन्ताला खान मनपर्दैन उनीहरुले सुन्तलाको बोक्रा अनुहारमा प्रयोग गर्न सकिन्छ। सुन्तलाको बोक्रालाई पेस्ट बनाएर अनुहारमा लगाउँदा ब्ल्याकहेड्स टाढा भाग्छ र छालाका विभिन्न समस्याबाट छुटकारा पाइन्छ ।
केराको बोक्रा – केराको बोक्राबाट प्रशस्त मात्रामा पोषक तत्व पाइन्छ । यसमा भिटामिन बी ६ र बी १२ पाईनुका साथसाथै म्याग्नेसियम र कार्बोहाइड्रेट पाईन्छ । केराको बोक्रामा एन्टिअक्सिडेन्ट हुन्छ जसले स्ट्रेसलाई कम गर्ने गर्दछ । केराको बोक्रालाई अनुहारमा लगाउँदा घामले डढेको र डण्डिफोरको समस्याबाट राहत पाइन्छ ।
December 4, 2018 11:58 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण