बंगलादेशबाट चिकित्सा शिक्षाः लाईसेन्स परीक्षामा अधिकांश फेल
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १९ मंसिर । बंगलादेशका निजि मेडिकल कलेजमा पढेका विद्यार्थीहरु नेपालमा लिइने चिकित्सकीय लाईसेन्स परीक्षामा अनुत्तीर्ण हुने क्रम बढ्दै गएको छ ।साढे तीन महिनाअघि लिइएको एमबीबीएसको लाईसेन्स परीक्षामा बंगलादेश पढेका १ सय २१ जना सहभागी भएकामा ९२ जना फेल भएका थिए ।
परीक्षामा सफल हुनेको संख्या २१.३ प्रतिशतमात्र छ । यस्तै, १२ दन्तचिकित्सकले परीक्षा दिएकामा ९ जना फेल भएका थिए ।आठ महिनाअघि लिइएको परीक्षामा पनि २ सय ७ सहभागी भएकामा ६१ जना फेल भएका थिए । नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएनका अनुसार बंगलादेशका मेडिकल कलेजमा करिब ५ हजार नेपाली विद्यार्थी अध्ययनरत छन् ।
सरकारी भन्दा निजी मेडिकल कलेजमा पढ्ने धेरै छन् । तर यहाँबाट एमबीबीएस गरेकाहरु लाईसेन्स परीक्षामा उत्तीर्ण हुने दर भने केही बर्षदेखि खस्कँदो रहेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।
December 5, 2018 10:07 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
Loading...