जाडोसमयमा यी खानेकुरा खानुस जस्ले तपाईको स्वास्थ्यलाई यस्ता फाईदा गर्छ
काठमाडौं, मंसिर । हामीलाई थाहा छ तौल कम गर्न सजिलो छैन । विशेषगरी पेटको बोसो घटाउन । यदि तपाईं स्वस्थ तरिकाले तौल कम गर्न चाहनुहुन्छ भने यसका लागि तपाईंले सन्तुलित डाइटको सेवन गर्नुपर्छ । यसका लागि तपाईंले लो फ्याट र लो क्यालोरी भएका खानेकुरा खानुपर्छ । विशेषज्ञका अनुसार स्वस्थ तरिकाले तौल कम गर्नका लागि हरेक हप्ता एक किलो तौल कम गर्ने लक्ष्य राख्नुपर्छ । योभन्दा बढी घटाउने लक्ष्य राख्नुहुन्छ भने तपाईंले बोसोमात्र होइन, मासु पनि गुमाउनुहुनेछ ।
जाडोयाममा यी फलफूल खाँदा तौल घट्छः
१. सुन्तलाः सुन्तलामा एमिनो एसिड, भिटामिन ए, क्याल्सियम, आयोडिन, सोडियम फस्फोरसजस्ता तत्व पाइन्छ । यसका साथै सुन्दरता बढाउनका लागि पनि सुन्तलाको सेवन निकै उपयोगी हुन्छ । सुन्तलाको सेवनले शरिरमा भिटामिन सीको पूर्ती गर्न सकिन्छ । यसका साथै सुन्तलाको फलले शरिरमा ताजा बनाइराख्छ । सुन्तला एउटा यस्तो फल हो जसले जाडोयाम र गर्मीयाम दुबैमा शरिरलाई फाइदा पुर्याउने गर्छ ।
२.अम्बाः जाडोयाममा अम्बा खानुका पनि विभिन्न फाइदा छन् । यसमा भिटामिन सी, लाइकोपिन र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ यसमा केरामा जत्तिकै पोटासियम हुन्छ जसले रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । साथै यसले प्रतिरोधी क्षमतालाई पनि बलियो बनाउँछ । दैनिक एउटा अम्बा खाँदा मेटाबोलिजम रेगुलेट हुन्छ जसले तौलमा ब्रेक लाग्छ किनभने अम्बामा केरा, स्याउ, सुन्तलाभन्दा कम सुगर हुन्छ ।
३. अंगुरः संतृप्त अर्थात् सेचुरेटेड फ्याट भएको फल खाँदा मोटाइँदैन । यस्ता फलफूलमध्ये अंगुर पनि एक हो । अंगुर खाँदा पेटको ब्याक्टेरिया पनि राम्रो हुन्छ । विभिन्न अनुसन्धानका अनुसार यसले हृदय रोग, उच्च रक्तचाप र मधुमेहको जोखिम पैदा गर्ने अत्यधिक चिल्लो आहारको नकारात्मक प्रभावसँग लड्न पनि सहयोग गर्छ । एक शोधका अनुसार एन्टिअक्सिडेन्टको अद्वितीय र विविध रचना पोलिफिनल अंगुरमा पाइन्छ । यसले शरिरमा बोसोको प्रतिशत, आन्द्रा र छालाभित्रको बोसो तथा कलेजो सुन्निनबाट रोक्छ र ग्लूकोजको सहनशीलतालाई उत्कृष्ट बनाउँछ ।
४. अंजिरः अंग्रेजीमा फिग्स भनिने अंजिरमा फाइबर हुन्छ जुन तौल कम गर्नका लागि निकै प्रभावकारी हुन्छ । वास्तवमा फाइबर विभिन्न प्रकारले तपाईंका लागि फाइदाजनक हुन्छ । अंजिर पच्न समय लाग्छ त्यसकारण तपाईंको पेट धेरै बेरसम्म भरिएको महसुस हुन्छ । साथै यसले पाचन तन्त्रलाई राम्रो बनाउँछ र मेटाबोलिजमलाई पनि उत्कृष्ट बनाउँछ ।
December 6, 2018 1:22 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण