मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा बिधि मिचेर भ्रमको खेती गर्दै उपकुलपति कोइराला
सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविविद्यालयमा करिब ३ महिनादेखि चलेको आन्दोलन निश्कर्षमा पुग्न सकेको छैन । यही अवस्थामा समस्या समाधान गर्नुको साटो उपकुलति (भिसी) उपेन्द्र कोइलालाले विधि मिचेर निर्णय गर्दा समस्या झन् बल्झिएको छ ।
बिहीबार रजिष्टार डा. महेन्द्रकुमार मल्ललाई बर्खास्त गरेको झुटो भ्रम उपकुलपति कोइरालाले फैलाएका छन् । मप विश्वविद्यालय ऐन अनुसार उपकुलपति, रजिष्टार र सेवा आयोग अध्यक्ष बर्खास्त गर्नको लागि सिनेटको एक चौथाई सदस्यले कुलपपति (प्रधानमन्त्री) समक्ष निवेदन दिनुपर्छ । त्यसपछि कुलपतिले ३ सदस्सीय छानबिन समिति गठन गर्नुपर्छ ।
समितिमा कुलपतिले तोकेको व्यक्ति संयोजक र शिक्षा मन्त्रालयको सचिव र विश्वविद्यालय अनुदान आयोगको प्रतिनिधि सदस्य रहने प्रावधान छ । उक्त समितिलाई एक महिनाभित्र प्रतिवेदन दिने म्याद दिइन्छ । समितिले दिएको प्रतिवेदन सिनेट बैठकमा प्र्रस्तुत हुन्छ । सो प्रतिवेदनमा निज पदाधिकारीलाई हटाउने राय भएमा सिनेट बैठकले बहुममतबाटल निर्णय गरेमा पदाधिकारी पदमुक्त हुने प्रावधान रहेको छ ।
यस्तो कानुनी प्रावधानलाई नजरअन्दाज गर्दै बिहीबार रजिष्टार हटाएको गलत प्रचार भएको छ । मप विश्वविद्यालयका उपप्राध्यापक रुपेश खत्रीले नियम कानुन मिचेर गलत निर्णय भएको र अहिले पनि गलत तरिकाले हल्ला फिजाइएको बताए । ‘शासन व्यक्तिको होइन विधिको हुनुपर्छ,’ खत्रीले भने, ‘यसले विश्वविद्यालयलाई तहसनहस गर्छ, अव सुर्खेती जनता विश्वविविद्यालय जोगाउन जुट्नुपर्छ । देउतीखबरबाट
December 7, 2018 3:12 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण