जानी राखौ,अनुहारको दाग, चाया र छालामा भएको धर्षा हटाउने प्राकृतिक उपाय !
अनुहार तथा छालामा भएका दागहरु हटाउनका लागि घरेलु उपचार निकै नै प्रभावकारी हुन्छ । सबै मानिसहरुले महँगो मूल्यको फेशियलहरू र सर्जरीहरू गर्न सक्दैनन् । त्यस्ता मानिसले घरमै सस्तो र प्रभावकारी प्राकृतिक उपाय अपनाउन सक्छन ।छालाबाट दाग-धब्बाहरु हटाउने उपाय र बिधि यस प्रकार रहेका छन् : आवश्यक सामग्री: १. कागती २. भिटामिन ई युक्त तेल
प्रयोग गर्ने बिधि: एउटा कागतीको टुक्रा लिनुहोस् र त्यसलाई एउटा सफा भाडोमा निचरेर राख्नुहोस । कागती निचोरी सकेपछि अब त्यसमा एक चम्चा भिटामिन ई युक्त तेल मिसाउनुहोस् । अब चम्चाले एकछिन घोल्नुहोस् ।केहि समयपछि तयार भएको मिश्रणलाई अनुहारको दाग भएको ठाउँमा कपासको सहायताले विस्तारै ४-५ मिनटसम्म मसाज गर्नुहोस् । मसाज गरि सकेपछि अब ५ मिनेटसम्म त्यसलाई सुक्न दिनुस र सुकेपछि मुख धुनुहोस् ।
यो प्रक्रिया दिनको दुई पटक बिहान र बेलुका गरि प्रयोग गर्नुहोस् । १ हप्तापछि तपाई आफैले दागमा आएको परिवर्तन देख्नुहुनेछ ।कागतीको रस छालाको समस्याको लागि सबैभन्दा उपयोगी सामग्री मानिन्छ । कागतीले छालाको दाग हटाउनुको साथै तन्किएको छालाको धर्साहरु, चाउरी परेका छाला लगायतका समस्याहरुको समाधानका लागि उपयोगी हुन्छ ।
साथै भिटामिन इ पनि उपयोगी मानिन्छ । भिटामिन इले तन्केको छालाको धर्साहरुलाई पुन अवस्थामा पुर्याउन मदत्त गर्दछ ।शल्यक्रियापछि भिटामिन ई तेल प्रयोग गर्न केहि डाक्टरहरूले सल्लाह पनि दिने गरेका छन्। किनकि यसले छालाका कोशिकाहरूलाई पुनः प्रसार गर्न मद्दत पुर्याउँछ ।
December 8, 2018 12:06 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण