प्रहरीसँगको भिडन्तमा मारिए नेपालमा लुट्न पसेका भारतीय डाँका
धरान : सुनसरीको कोसी गाउँपालिका-७ स्थित मुसहर बस्तीमा भारतीय डाँका समूह र प्रहरीबीच भिडन्त भएको छ । भारतको वीरपुरबाट हतियारसहित पसेका डाँका समूह र प्रहरीबीच भएको भिडन्तमा प्रहरीको गोली लागेर एकजना भारतीय डाँकाको मृत्यु भएको छ ।
मृतक अन्दाजी ४० वर्षीय भारतीय नागरिकको पहिचान खुल्न सकेको छैन । मृतकको शव शल्य परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
आइतबार राति ९ : ४५ बजे मुसहर बस्तीको बाटो भएर नेपाल प्रवेश गरेका डाँका समुहसँग प्रहरीको मुठभेड भएको थियो । हतियारसहित पाँच जनाको समूहमा रहेका डाँका समूहलाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि डाँका समूहले कटुवा पेस्तोलबाट प्रहरीको टोलीलाई गोली प्रहार गरेपछि जवाफी फायर गरिएको थियो ।
डाँका समूहले सुरुमा प्रहरीमाथि आक्रमण गरेपछि प्रतिरक्षाका लागि चलाएको गोली लागेर एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले बताएका छन् ।
प्रहरीले घटनास्थलबाट दुईवटा कटुवा पेस्तोल र सात थान गोली बरामद गरेको उनले बताए । डाँका समूहले विभिन्न तीनवटा बन्दुकबाट छुट्टाछुट्टै गोली प्रहार गरेको गोलीका खोकासमेत प्रहरीले बरामद गरेको छ ।
प्रहरीको गोली लागेर अन्य चारजना डाँकाहरु घाइते भएको बताइएको छ । घटनास्थल नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिकै भएकाले हतियारधारी डाँका समूह भारततर्फ भागेको एएसपी अधिकारीले बताए ।
प्रहरीसँगको भिडन्तपछि घटनास्थलमा सशस्त्र प्रहरी गण सुनसरीबाट थप टोली परिचारलन गरिएको थियो । डाँका समूह भारततर्फ भागेपछि सुनसरीका प्रहरी प्रमुख अधिकारी र सशस्त्र प्रहरी प्रमुख सुरेशकुमार श्रेष्ठले भारतीय सुरक्षा बल (एसएसबी) को वीरपुरस्थित ४५ औँ बटालियनका प्रमुखसँग भेट गरी भारतका शङ्कास्पद स्थानमा डाँका समूहको खोजी गर्न भनेका छन् ।
सुनसरीका सुरक्षा प्रमुखहरूको आग्रहपछि एसएसबीको टोली समेत भारतको सुपौल र अररिया जिल्ला आसपासका क्षेत्रमा डाँका समूहको खोजीकार्यमा परिचालन गरिएको बताइएको छ ।
भारतीय डाँका समूहले यस अगाडि पनि सुनसरीको हरिनगरा गाउँपालिकाका विद्यालय सञ्चालक खुर्षिद आलम र दुहबी नगरपालिकाको जयबावा इँटा उद्योगका प्रबनधक फिदा हुसेनलाई गोली प्रहार गरी हत्या गरेका थिए ।
उनीहरूको हत्यारालाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । खुर्षिद र फिदाको हत्यापछि सुनसरी प्रहरीले सीमाक्षेत्रको सुरक्षामा कडाइ गरेको थियो। त्यही क्रममा आइतबार राति भारतीय डाँका समूहलाई नेपाल प्रवेश गर्नासाथ प्रहरीले फेला पारेको डिएसपी अधिकारीको भनाइ छ ।
भारतीय डाँका समूहसँगको भिडन्तपछि सुनसरीको सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली परिचालन गरी डाँका समूहको खोजी भइरहेको उनले बताए ।
सशस्त्र प्रहरीले १५ दिन अगाडि सुनसरीको श्रीपुर र हरिपुर नाकाबाट दुई थान पेस्तोलसहित भारत सुपौल घर भएका विवेक यादव, सुमितकुमार गोहित र भारत वीरपुरका रञ्जितकुमार मुखियालाई पक्राउ गरेको थियो ।अन्नपूर्ण पोष्टमा खबर छ
December 10, 2018 3:54 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा