कल्याणकारी प्रथम सांगितीक धमाकाको तयारी पूरा, दुर्गेश थापाले आउदो शुक्रबार कुवेत तताउने !
कमल सिंह ठकुरी-
डिसेम्बर १०, कुवेत : आउदो शुक्रबार डिसेम्बर १४ तारीख कल्याणकारी नेपाली युवा समाज कुवेतको आयोजनामा हुन लागेको “कल्याणकारी प्रथम सांगितीक धमाका २०७५” को तयारी पूरा भएको समाजले जानकारी दिएको छ।
कार्यक्रममा धमका मच्चाउन चर्चित लोकपप गायक, मोडल तथा डान्सर दुर्गेश थापा सगै स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने समाजले जानकारी दिएको छ।
साथै उपस्थितिका लागि कुवेतमा रहनुभएका समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार, खेलाडी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, युवाबर्ग साथै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई पत्र पठाईसकिएको र कोहि कसैले पत्र प्राप्त गर्नु भएको छैन भने यसै समाचारलाई आधार मानी यहाँहरुको गरिमामय उपस्थितिको लागि समाजका अध्यक्ष निरज सिंह ठकुरीले अनुरोध समेत गरेका छन।
उपस्थितिका लागि
स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल, जिलिब
मिति : १४ डिसेम्बर २०१८ शुक्रबार
समय:- दिनको १२:३० बजे
आयोजक : कल्याणकारी नेपाली युवा समाज कुवेत।
December 11, 2018 12:13 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा