Monday 8th September 2025

जटिल मोडमा निर्मला हत्या प्रकरण, पछिल्लो अनुसन्धान पनि संकास्पद

7 years अगाडी

काठमाडौं – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या अनुसन्धान थप जटिल मोडमा पुगेको छ । पछिल्लो समय प्रहरीले पक्राउ गरेको दुई युवा विशाल चौधरी र प्रदीप रावललाई उक्त घटना भएको बेला प्रहरी हिरासतमै रहेको भन्ने खुल्न आएपछि घटनाको अनुसन्धान र दोषी को हो भन्ने विषय झन् पेचिलो बनेको हो । निर्मलाको शव भेटिए देखिनै प्रमाण नष्ट गर्न उद्दत प्रहरीको अनुसन्धान एक पछि अर्को विवादमा तानिएको छ ।

निर्मलाको बलात्कार भएको १० साउन बिहान करिब १० बजेपछि प्रदीपलाई वडा प्रहरी कार्यालयको नियन्त्रणमा लगेको र सोही दिन विशाललाई पनि प्रहरीले दिउसो १ बजे उनकै घरबाट नियन्त्रणमा लिएको थियो । दुवैमाथि कुखुरा चोरी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका थिए । दुवै जना कुलतमा लागेको र प्रहरीले प्रलोभन देखाएर घटनाको वास्तविक अपराधीलाई उन्मुक्ति दिन खोजेको उनीहरूको आफन्तले आरोप लगाइरहेका छन् ।

प्रहरी नियन्त्रणबाट प्रदीप १२ साउन र विशाल ११ साउनमा छुटेका थिए । परिवारजनका अनुसार प्रदीप वडा प्रहरीको नियन्त्रणमै रहेका र १२ साउनमा मात्रै हिरासत मुक्त भएका थिए । वडा प्रहरी कार्यालयमा प्रदीपले कुखुरा चोर्ने काममा विशाल चौधरी पनि संलग्न रहेको बताएपछि प्रहरीले दिउसो १ बजे विशाललाई सालघारी स्थित घरबाट पक्राउ गरेको समेत परिवारजनले बताउँदै आएका छन् । तर प्रहरीले भने उनीहरूले कसुर गरेको स्वीकारेको दाबी गर्दै आएको छ । पक्राउ परेका प्रदीप रावलको बयान र प्राविधिक जाँच भइरहेको जनाइएको छ । डिएनए जाँचका लागि रावलको नमूना संकलन गरि निर्मलाको भेजिनल स्वाबसँग म्याच गराउन लगिएको छ । रावलको डिएनए परीक्षणको रिपार्ट भने आइसकेको छैन।

प्रहरीले प्रदिपको डिएनए परिक्षणको नतिजा आइनसकेको हुँँदा यसैलाई नै पूर्ण मान्य गर्न नसकिने प्रहरीले जनाउँदै आएको छ किनभने यसअघि पनि निर्मलाको हत्या अपराभ स्विकारेका दिलिप विष्टको डिएनए परिक्षण नेगेटिभ देखिएपछि उनी निर्दोश साबित भएका थिए निर्मला प्रकरण अनुशन्धानमा सुरुदेखि नै लापरवाही गरि बद्नाम बनेको प्रहरीलाई दोषी पक्राउ गर्न पछिल्लो समय जनस्तरबाट चर्कोे दवाव परेको र यो थेग्न नसकेर प्रहरी प्रशासनले गर्ने हठात निर्णयमा कतै निर्दोशहरुले अपराधको सजायँ भोग्न बाध्य हुने त हाेइनन् भन्ने आशंका पलाएको छ ।

          December 11, 2018 9:22 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...