

चिउँडोले नाक छोप्ने, जिब्रोले निधार छुने यज्ञ विश्व रेकर्डकाे तयारीमा

काठमाडौं : मोरङको उर्लाबारीका ३५ वर्षे यज्ञबहादुर कटुवाल स्कुल बसका चालक हुन् । तर उनको अनौठो क्षमता देखेर धेरै दंग पर्छन् ।
केही महिनायता युट्यूवमा उनको भिडियो चर्चामा थियो । उनै कटुवालको बारेमा बेलायती पत्रिकाको अनलाइन ‘डेली मेल डटकम’ले लामो समाचार बनाएको छ । जिब्रोले निधार र आँखिभौँ छुने, चिउँडोले नाक छोप्ने क्षमताबाटै चिनिएका हुन् उनी । तर यस्तो क्षमताको अभ्यास गर्दा उनलाई देख्ने स्कुले बालबालिका डरले भाग्छन् रे ।
कटवाल चिउँडोले नाक छोप्दा बालबालिकाहरु डरले पिसाब नै फेर्ने दावी गर्छन् । साथै वयष्कलाईसमेत आफ्नो क्षमताबाट तर्साउनसक्ने बताउँछन् कटवाल । एउटा मात्रै दाँत भएका यज्ञबहादुर आफ्नो अनौठो क्षमताकै आधारमा ‘गिनिज बुक’मा रेकर्ड गराउन चाहेको बताउँछन् ।
त्यसो त उनले केही टेलि सिरियउलमा अभिनय गरिसकेका छन् । अब फिल्ममा अभिनय गर्ने अवसर पाए ‘मेक अप’विना नै दर्शकलाई हँसाउन र तर्साउन सक्ने दावी गर्छन् । यज्ञबहादुरको बारेमा डेली मेलले लामो समाचार बनाएर सम्प्रेषण गरिदिएपछि उनको चर्चा थप बढेको छ ।
December 11, 2018 1:09 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

भारतको केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थी मृत फेला

पेट्रोलियम पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टीतेलको पनि नियमित आयात शुरू

कल्याणकारी नेपाली युवा समाज कुवेतको अधिवेशन ४ अप्रिलमा हुने

सुरेश लामा र सुमिना लो तामाङ लाई कुवेतमा भब्य स्वागत

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र पठायो

रुकुम पूर्वको भूमेमा हजुरआमा र नातिको हत्या आरोपी मृत फेला

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन

