चिउँडोले नाक छोप्ने, जिब्रोले निधार छुने यज्ञ विश्व रेकर्डकाे तयारीमा
काठमाडौं : मोरङको उर्लाबारीका ३५ वर्षे यज्ञबहादुर कटुवाल स्कुल बसका चालक हुन् । तर उनको अनौठो क्षमता देखेर धेरै दंग पर्छन् ।
केही महिनायता युट्यूवमा उनको भिडियो चर्चामा थियो । उनै कटुवालको बारेमा बेलायती पत्रिकाको अनलाइन ‘डेली मेल डटकम’ले लामो समाचार बनाएको छ । जिब्रोले निधार र आँखिभौँ छुने, चिउँडोले नाक छोप्ने क्षमताबाटै चिनिएका हुन् उनी । तर यस्तो क्षमताको अभ्यास गर्दा उनलाई देख्ने स्कुले बालबालिका डरले भाग्छन् रे ।
कटवाल चिउँडोले नाक छोप्दा बालबालिकाहरु डरले पिसाब नै फेर्ने दावी गर्छन् । साथै वयष्कलाईसमेत आफ्नो क्षमताबाट तर्साउनसक्ने बताउँछन् कटवाल । एउटा मात्रै दाँत भएका यज्ञबहादुर आफ्नो अनौठो क्षमताकै आधारमा ‘गिनिज बुक’मा रेकर्ड गराउन चाहेको बताउँछन् ।
त्यसो त उनले केही टेलि सिरियउलमा अभिनय गरिसकेका छन् । अब फिल्ममा अभिनय गर्ने अवसर पाए ‘मेक अप’विना नै दर्शकलाई हँसाउन र तर्साउन सक्ने दावी गर्छन् । यज्ञबहादुरको बारेमा डेली मेलले लामो समाचार बनाएर सम्प्रेषण गरिदिएपछि उनको चर्चा थप बढेको छ ।
December 11, 2018 1:09 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण