बेहुलाको घरबाट मलामी जानु पर्दा सबैका आँखा रसाए
बाँके – बेहुलाका आमाबुवा र भतिजासहित ६ जनाको ज्यान गएपछि बाँकेको राप्ती–सोनारी गाउँपालिका –८, शम्शेरगञ्ज गाउँ शोकमा डुबेको छ ।
चितवनको गीतानगरबाट बुहारी लिएर फर्किंदै गरेको जीप दाङको रिहार नजिकै दुर्घटना हुँदा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर –८, शम्शेरगञ्जका दुलाहाका बुवा ५३ वर्षीय मानबहादुर केसी, दुलाहाकी आमा ४५ वर्षीया बिमला खत्री र दुलाहाका भतिजा ३ वर्षीय प्रविण केसीसहित ६ जनाको निधन भएको छ । दुर्घटनामा ४९ वर्षीय विश्वनाथ अधिकारी, ३१ वर्षीय दिपककुमार खड्का र कोहलपुर नगरपालिका –१२, का ७८ वर्षीय दत्तबहादुर खत्रीको निधन भएको छ ।
बिहेको रमाइलोमा रहेको शम्शेरगञ्ज गाउँ दुर्घटनाको खबरलगत्तै शोकमा डुबेको छ । शम्शेरगञ्ज बजार बन्द गरी स्थानीयहरु केसी परिवारको घरमा पुगेका छन् ।
मृतक मानबहादुर शम्शेरगञ्जमा रहेको माध्यमिक विद्यालयको शिक्षकसमेत हुनुहुन्थ्यो । शोकमा बिहीबार विद्यालय पनि बन्द भएको छ । विद्यालयका प्रधानाध्यापक ऋषि शर्माले गाउँलेहरुले सोच्दै नसोचेको घटना भएको भन्दै गाउँ नै शोकमग्न भएको बताउनुभयो । चितवनबाट बेहुली लिएर फर्कँदै गर्दा जन्तीलाई भोक लागेको भन्दै बेहुलाका बुवा–आमाले दाङको भालुबाङ मौरीघाटमा खसी काटेर खाने व्यवस्था मिलाएर आफूहरु घरमा व्यवस्थापन गर्ने भन्दै अगाडि निस्किएका थिए ।
मौरिघाटबाट सबैभन्दा छिटो घर पुग्ने भन्दै निस्किएका बेहुलाका बुवाआमा चढेको जीप दुर्घटनामा पर्यो । बेहुला–बेहुली र जन्तीले घर पुगेपछि मात्रै दुर्घटनाबारे जानकारी पाएका थिए । गाडीका चालकले गाडीको माला निकाल्न लागेपछि मात्रै दुर्घटनाको बारेमा दुलाहा यत्रबहादुर खत्री र बेहलुी लक्ष्मीलगायत अन्यले जानकारी पाएका हुन् ।
दुर्घटनामा घाइते भएकी ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षका यमबहादुर मगरको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।
जिल्ला अस्पताल दाङमा मृतकहरुको शव पोष्र्टमार्टम गरी बिहीबार राति नै अन्तिम संस्कार गर्ने तयारी गरिएको छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :