चिसोले छातीमा कफ जम्यो ? घरेलु उपचार छँदैछ नी
चिसो सुरु हुनासाथै रुघाखोकी लाग्नु र घाँटी खराब हुनु आम समस्या हो । यसबाहेक चिसो मौसममा धेरै हुने अर्को समस्या छातीमा कफ जम्ने हो ।
छातीमा कफ जम्नाले सास फेर्न मात्रै समस्या हुँदैन, यसले अरु धेरै समस्याहरु जन्माउँछ । यसबाट छुटकारा पाउनको लागि मानिसहरुले विभिन्न किसिमका औषधिको सेवन गर्छन् । तर, कुनै सफलता हात पर्दैन ।आज हामी तपाईंलाई केही घरेलु उपायहरु बताउन गइरहेका छौं जसले कफ जम्ने समस्यालाई सजिलै समाधान गर्छ ।
मह र कागती : एक चम्चा अर्गानिक मह र २ चम्चा कागतीको रस मिसाएर पिउनुहोस् । यसले तपाईंको घाँटीलाई आराम मिल्छ ।महमा एन्टीब्याक्टेरियल र एन्टी फंगल गुण पाइन्छ । त्यस्तै कागतीमा भिटामिन सीको भरपुर मात्रा पाइन्छ जसले तपाईंको घाँटीलाई तुरुन्त आराम पुर्याउँछ ।
मरिच : मरिच केही पिरो र स्वादमा तिख्खर हुन्छ । यो श्वासप्रश्वासको समस्या समाप्त गर्नको लागि आयुर्वेदमा चमत्कारी औषधि मानिन्छ । यसले कफलाई निमिट्यान्न गरिदिन्छ ।मरिचमा पाइपरलांगमाइन नामक रसायनिक तत्व पाइन्छ र यसले हाम्रो शरीरमा एन्जाइम बन्नबाट रोक्छ । एन्जाइमले खोकी र यसको इन्फेक्सनलाई बढाउँछ जुन कफको कारण बन्छ । दैनिक एक कप पानीमा २० दाना जति मरिच उमाल्नुहोस् र फेरि त्यसमा मह मिसाएर पिउनुहोस् ।
अंगुरको जुस : अंगुर बिभिन्न रोगहरुको लागि फाइदाजनक हुन्छ । यसमा होरोस्टिलवेन नामक पदार्थ पाइन्छ जुन एन्टिअक्सिडेन्टले भरपुर हुन्छ । अंगुरमा हुने एक्सपेक्टोरेन्ट छाती र फोक्सोबाट कफ निकाल्नमा सहायक हुन्छ ।छातीमा जम्मा भएको कफ निकाल्नको लागि अंगुरको जुसमा दुई चम्चा मह मिसाउनुहोस् र सँधै पिउनुहोस् । अंगुरको जुसमा नुन र मरिच मिसाएर पिउनाले छिटो फाइदा हुन्छ ।
तातो पानी : कफ जमेको स्थितीमा हल्का तातो पानी पिउनुहोस् । यसले तपाइर्ंको छाती र घाँटीमा जमेको कफको मात्रालाई कम गर्छ । कागती पानी वा कागतीको चिया पिएर पनि तपाईं आफूलाई हाइड्रेट राख्न सक्नुहुन्छ ।
नुन-पानीले कुल्ला : नुनपानीले कुल्ला गर्नाले घाँटीलाई राहत मिल्छ र घाँटीमा जमेको कफ सफा हुन्छ । यसले घाँटी सफा हुन्छ र घाँटीमा भएका सबै किटाणु पनि मर्छन् ।
बेसार : तातोपानीमा एक चम्चा बेसार मिसाउनुहोस् । बेसारमा कुरक्युमिन नामक एक तत्व पाइन्छ, जसमा धेरै नै शक्तिशाली एन्टीब्याक्टेरियल गुण हुन्छ । यसले कफलाई पातलो बनाउन मद्धत गर्छ ।
December 15, 2018 2:12 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण