Friday 22nd August 2025

मन्दिरमा घन्टी किन राखिन्छ ? यस्तो छ धार्मिक र वैज्ञानिक कारण

7 years अगाडी

काठमाडौं – हरेक धर्ममा आ–आफ्नै संस्कार र रीतिरिवाज हुन्छन् । हिन्दू धर्ममा झनै धेरै परम्परागत मान्यताहरू छन् । अधिकांश हिन्दू मन्दिरमा घन्टी राखिएको हुन्छ । यो शताब्दियौँदेखि चलिआएको धार्मिक संस्कार त हो नै, यसबाहेक वैज्ञानिक कारण पनि छ । जुन धेरैलाई थाहा नहुन सक्छ । यहाँ हामीले दुवै कारणलाई प्रस्ट्याउने प्रयास गरेका छौंँ ।

धार्मिक कारण  : मन्दिरबाहिर, प्रवेशद्धार, भित्र वा वरिपरि जताततै घन्टी राखिएको हुन्छ । मन्दिर गएपछि घन्टी बजाउनुपर्छ भन्ने मान्यता छ । तसर्थ, जानीनजानी पनि मन्दिर प्रवेश गर्नुअघि दर्शनार्थीले घन्टी बजाउँछन् । घन्टी बजाउँदा पाप भाग्ने र शक्ति प्राप्त हुने आगमशास्त्रमा उल्लेख छ । घन्टीको आवाज देवीदेवतालाई सुमधुर लाग्छ भन्ने अर्को मान्यता पनि प्रचलित छ ।

वैज्ञानिक कारण : मन्दिर प्रवेश गरेसँगै घन्टी बजाउँदा मनलाई सफा र जागरुक बनाउँछ । साथै, ध्यानलाई पूर्ण रूपमा केन्द्रित गर्दै भक्तितिर आकर्षित गर्दछ ।  प्रायः घन्टी लामो र तिखो आवाज आउने गरी बनाइएका हुन्छन् । जसको प्रतिध्वनि कम्तीमा सात सेकेन्डसम्म सुनिन्छ । प्रतिध्वनिको समयावधिले हाम्रो शरीरका सातैवटा रोगनिवारक केन्द्रलाई सक्रिय बनाउँछ । जसले मस्तिष्कमा रहेका सबैखाले नकारात्मक विचार हटाउन मद्दत गर्छ भन्ने वैज्ञानिक मान्यता छ ।

          December 15, 2018 3:28 pm | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...