

जानी राखौ,यसकारण हुनमान बनेका थिए भगवान शिव !

भगवान शिव भक्तको पूजाबाट छिट्टै प्रसन्न हुने देव मानिन्छन् । भगवान शिव हरेक युगमा आफ्ना भक्तको रक्षाका लागि प्रकट हुने विश्वास पनि गरिन्छ भगवान शिवले १२ रूद्र अवतार लिएका छन् । शिव महापुराणमा भगवान शिवका अनेक अवतारबारे वर्णन गरिएको पाइन्छ । तर पनि धेरै कम मानिसमात्रै भगवान शिवका यी अवतारबारे जानकार छन् ।
हनुमानको जन्म : शास्त्रमा रामभक्त हनुमानको जन्म दुई तिथिमा भएको भनेर उल्लेख गरेको पाइन्छ । जसमा उनको पहिलो जन्मलाई भगवान शिवको अवतार मानिएको छ । किनकी हनुमानकी माता (आमा) अन्जनीले भगवान शिवको घोर तपस्या गरेर शिवलाई पुत्रको रुपमा प्राप्त गर्ने वर मागेकी थिइन्
त्यसपछि भगवान शिवले पवन देवको रुपमा आफ्नो रौद्र शक्तिको अंश यज्ञ कुण्डमा अर्पित गरेका थिए र त्यतिबेलै उक्त शक्ति अन्जनीको गर्भमा प्रविष्ट भएको थियो । त्यसपछि चैत्र शुक्ल पक्ष पूर्णिमाको दिन हुमानको जन्म भएको थियो ।
पौराणिक कथामा यस्तो वर्णन : पौराणिक कथाका अनुसार रावणको अन्त्यका लागि भगवान विष्णुले राम अवतार लिएका थिए । उक्त समय सबै देवताले भगवान रामलाई सहयोग गर्न अलग–अलग रुपमा अवतार लिएका थिए ।
सोही समयमा भगवान शंकर (शिव)ले पनि आफ्नो रूद्र अवतार लिएका थिए । यसको पछाडि एउटा कारण छ कि, उनलाई विष्णुबाट दास्यको वरदान प्राप्त भएको थियो । हुनमान शिवका ११ औं रूद्र अवतार हुन् । यस रुपमा भगवान शिवले रामको सेवा पनि गरे भने रावणको वधमा उनको मद्दत पनि गरे ।
December 16, 2018 10:16 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

