मिस वर्ल्ड प्रतियोगी श्रृङ्खलाले निर्मला पन्तको पक्षमा आवाज उठाउने
काठमाडौं – मिस वर्ल्ड प्रतियोतिमा भाग लिएर फर्किएकी श्रृंखला खतिवडाले निर्मला पन्तको न्याएका लागि आवाज बुलन्द पार्ने बताएकी रातो पाटीमा समचार छ । केही दिन अगाडि चिनको सान्यामा सम्पन्न ‘मिस वर्ल्ड’को एक महिने कार्यक्रममा सहभागी भएर फर्किएकी खतिवडाले निर्मलाको न्याएका लागि आफु संघर्षमा उत्रिन समेत तयार रहेको बताएकी हुन् ।
‘निर्मलाले अहिलेसम्म न्याए पाइसक्नुपर्ने हो’ उनले भनिन् ‘यति लामो समय बितिसक्दा पनि उनले न्याए पाउन नसक्नु, त्यो भन्दा दुःखको कुरो केही हुन सक्दैन ।’ निर्मलाको न्यायका लागि आफु जुनै कदम उठाउन पनि तयार रहेको उनको उनको भनाई रहेको थियो ।
चीनको सान्याबाट फर्किए पछि शुक्रबार पहिलोपटक पत्रकार माझ भेटिएकी खतिवडाले अहिले पनि निर्मलाको न्याएका लागि आफुले आफ्नो पेजबाट आवाज उठाइरहेको जानकारी दिइन् । ‘मिस वर्ल्डमा जानुपूर्व पनि निर्मलाको न्यायका लागि आयोजित विभिन्न जुलुसमा भाग लिएको थिए’ श्रृङ्खलाले थपिन् ‘भविश्यमा पनि केही गर्न सके भने गर्छु ।’
श्रृङ्खला मिस वर्ल्डमा सहभागी भइरहँदा सामाजिक सञ्जालमा उनको र निर्मलाको नाम जोडेर अहिलेका चर्चित दुई नेपाली चेली शीर्षकमा विभिन्न चर्चा पनि भएका थिए । सोको बारेमा पुरै नभएपनि केही जानकारी भएको बताएकी उनको छिटो भन्दा छिटो निर्मलाले न्याय पाउनुपर्ने माग समेत गरेकी छन् ।
उत्कृष्ट ५ भित्र पर्दै मिस वर्ल्डको ताज समेत श्रृङ्खलाले जित्छिन् भन्ने धेरै नेपालीको आस थियो । सोही अनुरुप उनलाई जिताउन भोट पनि गरेका थिए । तर उनी टप १२ बाट अगाडि बढ्न सकिनन् । आफु टप १२ बाट बाहिरिँदा नेपाली मात्र होइन, मिस वल्र्डका सहभागी अन्य देशका धेरै प्रतियोगी समेत रोएको उनले सुनाइन् । उनले भावुक हुँदै भनिन् ‘मैले सबैको आस पुरा गर्न सकिन ।’
टप ५ मा पर्न नसकेपनि श्रृङ्खलाले ‘मल्टिमिडिया’ र ‘ब्युटी विथ पर्पोज’को अवार्ड भने नेपाल भित्र्याएकी छन् । मिस वर्ल्डमा नेपालबाट सहभागी प्रतियोगी मध्ये अहिलेसम्मकै प्रभावशाली मानिएकी उनले आफुले भित्र्याएको उपाधि अहिले सम्मकै महत्वपूर्ण उपलब्धि भएको दाबी गरिन् ।
‘उपाधि मात्र होइन । देशलाई पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाएकी छु । नेपालको विषयमा आफुले प्रस्तुत गरेको भिडियोले अन्य देशका सहभागीले समेत नेपालको राम्रोसँग जानकारी लिन सफल भए,‘उनले अनुमान लगाइन् ‘यसले पर्यटन बृद्धिमा टेवा पुर्याउँछ ।’
ताज पहिरिन नपाए पनि मिस वल्र्डमा सहभागी भएर आफुले धेरै कुरा सिक्ने मौका पाएको बताएकी उनले अबको दिन समाजसेवामा बिताउने बताइन् । जसको सुरुवात उनले आफ्नै गृहजिल्ला मकवानपुरबाट गर्दैछिन् । उनले मकवानपुरको चेपाङ वस्तीमा छिट्टै न्यानो कपडा वितरण र हेल्थ पोष्टको ब्यवस्था मिलाउने जानकारी दिइन् ।
नेपालको पुरै जिल्ला घुमेर देशको बारेमा जानकारी लिने सोचमा रहेकी उनले आफ्ना बारेमा युट्युव च्यानलहरुमा आउने विभिन्न समाचारले दुःख लागेको बताइन् ।
‘विभिन्न टाइटल राखेर युट्युवले मेरा बारेमा चाँहिदो समाचार बनाइरहेका छन्’ उनी भन्दै थिइन् ‘यस्ता समाचारले मेरो र पत्रकारिता दुबैको बदनाम गरेको छ ।’ उनले पत्रकारिता मर्यादित पेसा भएकोले युट्युवमार्फत पेसाको बदनाम नगर्न सबैलाई आग्रह गरिन् ।
December 16, 2018 1:42 pm | चलचित्र,टप,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।