जनता बैंकले कुवेतबाट पनि सेवा सुचारु गर्ने ।
दिल कुमार पाख्रिन –
कुवेत -नेपालमा लामो समयदेखि सेवाग्राहिको मन जित्न सफल जनता बैंक लिमिटेडले कुवेतबाट पनि आफ्नो बैंकिङ सेवा सुचारु गर्ने भएको छ। जनता बैंक नेपाल लिमिटेड नेपालमा १७००० एजेन्सी सञ्जाल छन्, जुन सबैभन्दा उच्च नेटवर्क हो। यसको १२८ शाखाहरु, २ विस्तार काउन्टहरू र ४४ शाखाहीन बैंकिंङ छन्। जनता बैंकले हरेक बर्ष आफ्नो शाखा र एजेन्ट सञ्जाल बिस्तार गरिरहेको छ। यस वर्ष पनि १४० भन्दा बढि शाखाहरु बिस्तार गरिरहेका छन।
खाता क्रेडिट लेनदेनको लागि ब्याक अप शुल्क समेत राखिएको छैन। ग्राहकहरूको लागि उत्कृष्ट दर प्रदान गर्दै आइरहेको यो बैंकले ग्राहकहरुको लागि अनलाइन खाता खोल्न सकिने समेत सुबिधा दिएको छ। www.janatabank.com.np मा गएर लगइन गरि ग्राहकले खाता खोल्न सक्दछ। जनता बैंक लिमिटेडले ए आर यू एक्सचेंजको साथ लिई २०१९ जनवरी देखि कुवैतबाट रेमिट्यान्स रिसेप्शन सेवा सुरु गर्ने भएको छ। यश बिसयमा थप जानकारी र सेवा सुचारु गर्नको लागि बैंकका प्रतिनिधि टोलि १८ डिसेम्बरका दिन कुवेत आउने भएका छन। उक्त टोलि २१ तारिक तीन दिनको बसाइ पछि स्वदेश फर्किने स्रोतले जनाएको छ।
December 17, 2018 12:42 pm | अर्थ,प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा