परिवारसहित पूर्वराजा ज्ञानेन्द्र पोखरामा, ‘गणतन्त्रलाई फाँसी दे’ भन्दै भिड
7 years अगाडी
Susma Dhakal
पोखरा, पुस । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित पोखरा पुगेका छन् । करिब २ साताको निजी भ्रमणको क्रममा पूर्वराजा शाह पोखरा पुगेका हुन्।बुद्ध एयरको जहाजमार्फत आज पोखरा विमानस्थलमा ओर्लिएका शाहका साथमा रहेकी उनकी श्रीमती कोमललाई ठूलो मासले भव्य स्वागत गरेको थियो।
राजाको स्वागतमा उपस्थित उत्तेजित भिडले नेपालको राष्ट्रिय झण्डासहित उपस्थित भएर ‘गणतन्त्रलाई फाँसी दे’, ‘हिन्दू राज्य कायम गर’, ‘संघीयता खारेज गर’, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ लगायतका नारा घन्काएका थिए ।
अंग्रेजी नयाँ वर्षसमेत मनाउने ध्येयका साथ पूर्व राजा परिवार पोखरा भ्रमणमा पुगेको बुझिएको छ । ज्ञानेन्द्रको परिवार पोखराको माउण्ट ग्लोरी होटलमा बस्ने स्रोतले बताएको छ।
December 18, 2018 10:19 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
Loading...