पूर्वप्रधानमन्त्री डाक्टर तुलसी गिरीको निधन
7 years अगाडी
Nepal Drishti
काठमाडौं – पूर्वप्रधानमन्त्री डाक्टर तुलसी गिरीको निधन भएको छ । कलेजो रोगबाट थलिएका गिरीको काठमाडौको बूढानीलकण्ठमा रहेको निजी निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
कलेजो रोगबाट थला परेका गिरीलाई हिजोमात्र अस्पतालबाट निजी निवास लगिएको थियो । गिरी राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बन्नुभएको थियो । गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राख्ने तयारी छ ।
२०३६ सालमा जनमत संग्रह गर्ने तत्कालीन राजा विरेन्द्रको घोषणाप्रति असन्तुष्ट रहँदै श्रीलंकामा बस्दै आएका गिरी ०५९ सालमा ज्ञानेन्द्रले सत्ता हातमा लिँदा मन्त्रीपरिषदको उपाध्यक्षका रुपमा नेपाल फर्किनुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
December 18, 2018 2:04 pm | राजनीति,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...