

कांग्रेस महासमिति बैठक लम्बियो : देउवाको राजीनामा माग

काठमाडौं : कांग्रेस महासमिति बैठक शुक्रबारसम्म लम्बिएको छ। बुधबारको बैठक मात्र सिंहदरबार अगाडिको यलम्बर पार्टी प्यालेसमा हुनेछ । बिहीबार र शुक्रबारको बैठक भने पार्टी कार्यालय सानेपामा हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
मंगलबार साँझ नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले बैठक लम्बिएको जानकारी दिएका हुन्। ‘बैठकमा बुधबार विधान मस्यौदा पेश हुन्छ’, प्रवक्ता शर्माले भने, ‘आन्तरिक छलफल अन्तिम चरणमा पुगेको छ। विधान छापिन समय लाग्ने भएकाले बैठक लम्बिएको हो।’
बैठकमा बोल्ने अधिकांश नेताले पार्टी सभापतिसहित शीर्ष नेताको तिब्र आलोचना गरेका छन्। उनीहरुले पार्टीमा सुधार आवश्यक भएपनि त्यसको महसुस शीर्ष नेतृत्वले गर्न नसकेकोप्रति आपत्ति जनाएका हुन्।
बैठकमा सभापति शेरबहादुर देउवाको राजीनामा माग भएको छ। उदयपुरका महासमिति सदस्य रामबहादुर खड्काले सभापति देउवाको राजनीनामा माग गरेका हुन्।
मंगलबार बिहानको बैठकमा पार्टीका शीर्ष नेताले विधानमा सहमति नगरे पार्टीलाई विशेष महाधिवेशनमा लानसमेत माग गरे। बैठकमा माइक खोसाखोस हुँदा मंगलबारको बैठक केही घण्टाका लागि अवरुद्ध भएको थियो।
छलफल
बैठकमा विवाद भएपछि विधानमा सहमति गर्न संसदीय दलको कार्यालय सिंहदरबारमा अनौपचारिक छलफल सुरु भएको छ। छलफलमा उपसभापति बिमलेन्द्र निधी, महामन्त्री पूर्णबहादुर खड्का, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी छन्। उनीहरुले आजै विधानमा सहमति खोज्ने प्रयास गर्नेछन्।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

