मोनोरेलको डीपीआर सम्झौता आज हुँदै
काठमाडौँ, ४ पुस । काठमाडौँ र ललितपुर महानगरपालिकामा प्रस्तावित मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मोनोरेल निर्माण तथा सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सम्बन्धी सम्झौता बुधबार हुने जानकारी दिनुभयो । उनले भने , “मोनोरेलको डीपीआर तयार गर्ने सम्बन्धी सम्झौता गर्न चाइना रेल्वे कम्पनी लिमिटेड (सीआरसी, व्यूरो २५)का पदाधिकारीहरू नेपाल आइसक्नुभएको छ । उहाँहरूसँग बुधबार सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।” सम्झौता भएको छ महिनाभित्र डीपीआर तयार हुने जानकारी उहाँले दिनुभयो । सीआरसीसी चीनको सरकारी स्वामित्वको निर्माण कम्पनी हो ।
काठमाडौँ र ललितपुरमा मोनोरेल सञ्चालनका लागि यसअघि नै सम्भाव्यता अध्ययन भइसकेको तथा अध्ययनले मोनोरेल सञ्चालन सम्भव रहेको देखाएको थियो । त्यसैगरी, अध्ययनले चक्रपथमा मोनोरेल निर्माणको कुल लागत एक खर्ब १६ अर्ब रुपियाँ लाग्ने तथा चक्रपथको सडकमाथिको कुल २७ दशमलब ५ किलोमिटरमा २१ स्थानमा स्टेशन रहने गरी निर्माण सम्पन्न गर्न सकिने देखाएको थियो ।
यसअघि, काठमाडौँ साइमेक्सले इन्क प्रालिले समेत काठमाडौं र ललितपुर महानगरपालिकामा मोनोरेलको सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको थियो । सो अध्ययनका लागि काठमाडौं महानगरपालिका र सो कम्पनीबीच गत वर्ष सम्झौता भएको थियो । साइमेक्स कम्पनीलेले चिनियाँ बिवाईडी कम्पनीसँग मिलेर सम्भाव्यता अध्ययन गरेको थियो । चार महिना लगाएर तयार पारिएको सो सम्भाव्यता अध्ययन जर्मनी र बेलायतका विज्ञहरूको सलग्नतामा भएको थियो ।
राजधानीको ट्राफिक अस्तव्यस्तता हटाउन, सवारी दुर्घटना कम गर्न, ध्वनि प्रदूषण न्यून गर्न तथा हावाको शुद्धता बढाउन, पेट्रोलियम पदार्थको परनिर्भरता कम गर्न, समग्र उत्पादनमा बृद्धि ल्याउन मोनोरेलको आवश्यकता प्रतिवेदनमा औंल्याइएको थियो । विद्युतीय मोनोरेलमा १० किलोमीटरसम्म ब्याट्री ब्याकअप रहेको हुन्छ । आधुनिक प्रविधिबाट बनाइएको यो मनोरेल चीनका विभिन्न सहरमा प्रयोगमा आइसकेको छ । एउटा डिब्बामा दुई सय जनासम्मले यात्रा गर्ने क्षमता भएको यस मनोरेल प्रतिघण्टा ३० देखि ८० किलोमिटरसम्म गुड्ने कुरा साइमेक्स इंकले जनाएको छ । विद्युतबाट चल्ने मोनोरेलको निर्माण मेट्रो रेलभन्दा समय र लागतको हिसाबले तीन गुणा सस्तो पर्छ ।
December 19, 2018 10:25 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।