पुर्वराजा ज्ञानेन्द्र शाह माघ ७ गते राति नारायण हिटीमा सर्ने र श्रीपेच लगाउने तयारीमा
माओवादी जनयुद्ध र ६२/६३ सालको जनआन्दोलन पछि सविधान सभा मार्फत हटाईएको राजतन्त्र र राजा ज्ञानेन्द्र शाह यति बेला नेपालगञ्ज तिर बसीरहेका छन् । करीब २ साता देखि त्यतै रहेका उनले भारतको उत्तर प्रदेशका मुख्य मन्त्री योगीसगँ समेत केही दिन अघि भेटेका थिए । यता राजा ज्ञानेन्द्रको समर्थनमा खुलेआम नाराजुलुश र सभा गर्दै हिडेको राष्ट्रवादी नागरिक अभियान सघर्षका अभियान्ताहरुले यही माघ ७ गते राति शाह श्रीपेच लगाएर नारायण हिटिमा फिर्ता हुने हल्ला फैलाउन थालेका छन् ।
काठमाण्डौं शान्ति बाटीकामा र्याली पछि गरिएको कोण सभामा बोल्दै अभियानकी उपसयोजक लक्ष्मी मल्लले “ श्री ५ बडामहाराज धिराज यति बेला नेपालगञ्जमा हुनुहुन्छ, अब माघ सात गते राति श्रीपेच लगाएर नारायणहिटीमा फर्कनु हुनेछ” भन्दै खुलेआम भाषण गरिन् ।
प्रहरीले सुरक्षा दिएको उक्त कार्यक्रममा उनले केही दिनमा बाम गठबन्धन टुट्ने र राजा, दलहरुबीच ६३ सालमा भएको गोप्य सम्झौता सार्वजनिक गर्न माग गरिन् । उनले किन त्यस्तो बोलिन ? साहकै आसय पाएर या मनगढ़नते रुपमा त्यो एकिन छैन ।यस विषयमा पूर्व राजा ज्ञानेन्द्र शाहले पनि बोल्दै आएका छन् । केपी ओली र प्रचण्ड नक्कली राष्ट्रवादी र दलाल भएको कार्यक्रमका बक्ताहरुले बताए ।उनीहरुले र्यालीमा देश टुक्रयाउन पाईदैन, प्रदेश सरकार चाहिदैन जस्ता नारा लगाएका थिए । २०६५ साल जेष्ठ पछि शाह नारायणहिटि छाडेर नागार्जुन दरबारमा सरेका थिए ।
December 19, 2018 10:29 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण