काठमाडौंमा मोनोरेल सञ्चालनका लागि चिनियाँ कम्पनीसँग संझौता
7 years अगाडी
Nepal Drishti
काठमाडौं : काठमाडौंमा मोनोरेल सञ्चालनका लागि चिनियाँ कम्पनीसँग संझौता भएको छ।बुधबार चिनको चाइना रेल वे २५ औँ ब्यूरो ग्रुप कम्पनी(सीआरसीसी) र काठमाडौ महानगरपालिकाबीच चक्रपथमा मोनोरेल सञ्चालनको विस्तृत परियोजना (डीपीआर)का लागि संझौता भएको हो।
संझौतामा चिनियाँ कम्पनीका तर्फबाट बिजनेस म्यानेजमेन्ट प्रमुख झ्यु ग्वाङ्बिङ र काठमाडौंका मेयर विद्यासुन्दर शाक्यबीच हस्ताक्षर भएको छ। डीपीआरसहित मानोरेल निर्माण गर्न ५ वर्ष समय लाग्ने र निर्माणको लागत करिब १ खर्ब १६ अर्ब रुपैयाँ अनुमान गरिएको छ।
मोनोरेल निर्माणका लागि महानगरपालिकाले मात्र लगानी गर्न नसक्ने भएकाले प्रदेश ३ को सरकारसँग समन्वय गर्ने मेयर शाक्यले बताए।उनले भने,’ मोनोरेल निर्माणका लागि ठूलो बजेट आवश्यक पर्ने हुँदा प्रदेश सरकारसँग समन्वय गरेर मात्र यो कामको सुरुवात हुनेछ।’अन्नपूर्ण पोष्ट

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
Loading...