काठमाडौंमा मोनोरेल सञ्चालनका लागि चिनियाँ कम्पनीसँग संझौता
7 years अगाडी
Nepal Drishti
काठमाडौं : काठमाडौंमा मोनोरेल सञ्चालनका लागि चिनियाँ कम्पनीसँग संझौता भएको छ।बुधबार चिनको चाइना रेल वे २५ औँ ब्यूरो ग्रुप कम्पनी(सीआरसीसी) र काठमाडौ महानगरपालिकाबीच चक्रपथमा मोनोरेल सञ्चालनको विस्तृत परियोजना (डीपीआर)का लागि संझौता भएको हो।
संझौतामा चिनियाँ कम्पनीका तर्फबाट बिजनेस म्यानेजमेन्ट प्रमुख झ्यु ग्वाङ्बिङ र काठमाडौंका मेयर विद्यासुन्दर शाक्यबीच हस्ताक्षर भएको छ। डीपीआरसहित मानोरेल निर्माण गर्न ५ वर्ष समय लाग्ने र निर्माणको लागत करिब १ खर्ब १६ अर्ब रुपैयाँ अनुमान गरिएको छ।
मोनोरेल निर्माणका लागि महानगरपालिकाले मात्र लगानी गर्न नसक्ने भएकाले प्रदेश ३ को सरकारसँग समन्वय गर्ने मेयर शाक्यले बताए।उनले भने,’ मोनोरेल निर्माणका लागि ठूलो बजेट आवश्यक पर्ने हुँदा प्रदेश सरकारसँग समन्वय गरेर मात्र यो कामको सुरुवात हुनेछ।’अन्नपूर्ण पोष्ट

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
Loading...