रक्सीले मातेर श्रेया हत्या गर्ने कुसुमलाई जन्मकैद
चिप्लेढुङ्गा,पुस । गत असोज ९ गते पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीय श्रेया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजालसले कुसुमलाई जन्मकैदको सजाय सुनाएको हो पोखरा महानगरपालिका–२२ निवासी मीनबहादुर विकको जाहेरीका आधारमा प्रतिवादी स्याङ्जा स्थायी ठेगाना भई पोखरा कोदी बस्दै आएका २७ वर्षीय कुसुमलाई अदालतले जन्मकैदको फैसला सुनाएको हो । कुसुममाथि भएको जन्मकैदको फैसला कास्कीमै पहिलो फैसला हो । हत्या आरोपमा कुसुम गत असोज १० गते नै पक्राउ परेका थिए ।
घर नजीकै पसलमा बिस्कुट किन्न गएकी श्रेयालाई पैसाको प्रलोभन देखाएर कुसुमले बलात्कारको प्रयास गरेका थिए । त्यसको श्रेयाले प्रतिकार गर्न खोजेपछि रक्सीले मातेका कुसुमले घाँटी थिचेका थिए । त्यसपछि बेहोस भएको थाहा भएलगत्तै ढुङ्गाले टाउकामा हानेर श्रेयाको हत्या गरेर शव पूर्वतर्फ जङ्गलमा फालेका थिए । रक्सीले मात्तिएर श्रेयामाथि बलात्कारको प्रयास गरेका उनले आफूले बलात्कारपछि हत्या गरेको अदालतमा बयान दिएका थिए ।
December 20, 2018 10:01 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव