बाराक ओबामा जब थैलो बोकेरै बिरामी बालबालिका भेट्न अस्पताल पुगे…
वासिङ्टन : नेपालमा पूर्वप्रधानमन्त्रीहरुले ‘सुविधा कम भयो’ भनेर गुनासो गरेको धेरै समय बितेको छैन । त्यसो त उनीहरुको जीवनशैली आम नेपालीको भन्दा अस्वभाविक र अनपेक्षित नै देखिन्छ ।
विश्वशक्ति भनिने अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको जीवनशैली भने अनौठो र प्रेरणादायी पनि छ । क्रिसमसको अवसरमा उनले अस्पतालका बालबालिकाप्रति जस्तो मानवीय व्यवहार प्रकट गरे त्यसको प्रसंसा नै भएको छ । बुधबार वासिङ्टनको उत्तरपश्चिम क्षेत्रस्थित एउटा राष्ट्रिय बाल अस्पतालमा पुगेर ओबामाले बिरामी बालबालिकालाई क्रिसमसको उपहार बाँडे ।
‘सान्ता क्लज’ क्रिसमसमा लगाइने रातो टोपी लगाएर उनले अचानक उपहारको थैलो नै बोकेर अस्पताल पुगेका उनले बालबालिकालाई ‘सर्पाइज’ नै दिएका थिए । खेलौना लगायतका उपहार बोकेर ओबामा अस्पताल पुगेको अनौठो भिडियोबारे वासिङ्टन पोष्टले समाचार नै बनाएको छ ।
ओबामाले प्रत्येक बालबालिका र उनका अभिभावकलाई भेटेरै क्रिसमस टोपी समेत प्रत्येक बालबालिकालाई वितरण गरेका थिए । अस्पताल छोड्नुअघि ओबामाले अस्पतालका कर्मचारीहरुलाई बिदामा पनि काम गरेकोमा धन्यवाद दिएका थिए ।
ओबामा यसरी अस्पताल पुग्ने कुरा यहाँका कर्मचारीलाई मात्रै जानकारी थियो । तर ९० मिनेटको उनको अस्पताल भ्रमण त्यस अवधिमै भाइरल बनेको थियो । ओबामाले बालबालिकालाई भेटेर उपहार दिँदै ‘भिडियो म्यासेज’ समेत सार्वजनिक गरेका छन् ।अन्नपूर्ण पोष्ट
December 20, 2018 1:09 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण