गोरु काटेको अभियोगमा पक्राउ परेकाहरु रिहा भए लगत्तै गोरुकै मासु खाँदै विजय उत्सव
धरान । सुनसरीको धरान उपमहानगरपालिकाबाट गोरु काटेको आरोपमा पक्राउ परेकाहरू रिहा भएपछि विजय उत्सव मनाएका छन् । गोरु काटेको अभियोगमा पक्राउ परेकाहरू मंगलबार रिहा भएपछि बुधबार धरानकाे मंगलबारेमा सामूहिक विजय उत्सव मनाएका हुन् ।

बुधबार आयाेजना गरेकाे वियज उत्सवमा उनीहरूले गाेरूकै मासु प्रयाेग गरेका छन् । उनीहरूले बीना रोकतोक गोरु काट्न र सँस्कार मान्न पाउनु पर्ने माग सहित भाेजकाे आयोजना गरेका थिए ।
आदिवासी जनजाति किरातीहरुले परम्परादेखि खानाको रुपमा र सांस्कृतिक पूजाआजा गर्दा पनि गाई गोरुको मासु प्रयोग आएका छन् भने सरकारले गोरु काट्नेलाई पक्राउ गर्दै आएका छन् । विजय उत्सवको अवसरमा सांस्कृतिक अधिकार संरक्षण समितिका संयोजक सुवास हुक्पा चोङबाङले धरानमा गोरु काट्ने क्रम नरोकिने बताए ।
गोरु काटेर खानु आफूहरुको सांस्कृतिक अधिकार नै भएकोले गोरु काट्ने काम नछोड्न उनले आग्रह समेत गरे । गाेरू काटेकै अभियाेगमा पक्राउ गर्नु मुलुकी अपराध संहिता ऐन २०७४ संविधानविपरीत भएकाे उनले बताए।
उनले देशभरिका फाइभस्टार होटलहरुमा गाई गोरुको मासु विक्री गर्न दिएर राज्यले कर असुलिरहेको तर आदिवासी जनजातिको परम्परादेखि गोरु गाई खाने संस्कृतिमाथि भने बन्देज लगाएको आरोप समेत लागए । संविधानले आफ्नो परम्परागत सस्कार, संस्कृति मान्न पाउने हक प्रदान गरेको भन्दै उनीहरुले गोरु काट्न पाउनु पर्ने माग गर्दै आएका छन् ।
चौतर्फी आलोचना, दबाब र आन्दोलनका कारण पाँच दिनपछि पक्राउ गरिएकाहरु हिरासतमुक्त गरिएकाे थियाे । धरान उपमहानगरपालिका–३ का राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, धरान–११ का अनिल शाही, अनिष शाही, सुनसरी भोक्राह नर्सिङ–३ का बहिस मियाँ, रिजमान मियाँ, शाहदत्र मनसुरी, आशिक मनसुरी र महमुदी मनसुरीलाई मंसिर २८ गाेरू काटेकाे अभियाेगमा पक्राउ गरेकाे थियाे ।
December 20, 2018 4:02 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।