कुवेतवासी नेपालीहरुले उधौली , स्यादर पिदर / चासोक तङ्नाम भब्यरुपमा मनाए
माधब शाही –
कुवेत- किराँतीहरुको महान चाड उधौली , स्यादर पिदर / चासोक तङ्नाम कुवेतवासी नेपालीहरुले भव्यरुपमा मनाए । कुवेतका कृयासिल सँस्था किरात राई यायोक्खा कुबेत , सुनुवार सेवा समाज कुबेत, किराँत याक्थुङ चुम्लुङकु बेतको संयुक्त आयोजनामा हिजो सुक्रवार जिलिब स्थित पपिन्स हलमा कार्यक्रम गरी मनाईएको हो ।

सुनुवार सेवा समाज कुवेत साखाका अध्यक्ष लाल बहादुर सुनुवारको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङदेन रहेका थिए भने बिशिष्ट अतिथिहरुमा गैर आवसीय नेपाली संघ कुवेतकी अध्यक्ष सुमित्रा पौडेल , जनता बैंकका कार्यकारी प्रमुख प्रसुराम कुँवर क्षेत्री , आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग , तमू समाज कुवेतका अध्यक्ष राजु गुरुङ लगायत बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु ,बुद्दिजिबी , समाजसेवी कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रम सभापती , प्रमुख अतिथि , बिशिष्ट अतिथिको सामुहिक रुपमा दिप प्रजलन बाट कार्यक्रमको उद्दघाटन गरियको थियो भने नेपाली राष्ट्रिय गीत बाट कार्यक्रम लाई मुर्तरुप दिइएको थियो ।

बैदेशिक रोजगारीको क्रममा कुवेतमा मृत्यु भयका नेपालीको सम्झनामा चिर शान्तिको कामना गरी एक मिनट मौनधारण गरीएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङदेन ,गैर आवसीय नेपाली संघ कुवेतकी अध्यक्ष सुमित्रा पौडेल , जनता बैंकका कार्यकारी प्रमुख प्रसुराम कुँवर क्षेत्री , आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग , तमू समाज कुवेतका अध्यक्ष राजु गुरुङ , अन्नपूर्ण क्लाउड टेक्नोलोजीका कार्यकारी निर्देशक सुरज मास्के , हिमाली संचार डट कमका सम्पादक हरी बानिया , प्रकाश चामलिंग , कुवेत नेपाल डटकमका प्रधान सम्पादक जय आले मगर लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रम संचालन रोशन राई र टिका राम सुनुवारले गरेका थिए भने किराँत राई यायोक्खा कुवेतकी सहसचिब कविता राईले कार्यक्रममा उपस्थित अतिथि हरुलाई मन्तब्यबाट स्वागत गरकी थिइन् ।
किराँत याक्थुङ चुम्लुङ कुबेतकी सल्लाहकार देबी चेम्जोङ्ले चासोक तङ्नाम बारेमा प्रष्टाएकी थिइन् भने किरात राई यायोक्खा कुबेतका अध्यक्ष मन्जित राइले उधौलीको बारेमा संछिप्त रुपमा जानकारी गराएका थिए ।

परम्परागत भेषभुषा लगाएर किराँत दाजुभाई तथा दिदि-बहिनीहरूले पारम्परीक ‘साकेला’ नृत्य प्रस्तुत गरेका थिए “सोई साई ला एएएए~~~~~”
‘हुर्रे हा हा , सोई ढोले सोई एएए अर्को ढोले खै?’ भन्दै पारम्परीक सामूहिक नृत्य तथा गीत प्रस्तुत गरेका थिए भने साथमा परम्परागत बाजागाजाहरु एवं किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाएका थिए ।

कलाकार माया राई , मञ्जु लावती , निर्जला , सुप्रिया सुनुवारले नृत्य प्रस्तुत गरेका थिए भने एम . बि सावा , रोशन राई ,निशा चेम्जोङ , सबिन राईले गायन प्रस्तुत गरेका थिए ।

कार्यक्रमका सभापती लाल बहादुर सुनुवारले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिन हरुमा पनि यस्तै सहयोगको अपक्षा गर्दै कार्यक्रम समापन भयको घोषणा गरेका थिए।





















December 22, 2018 10:17 pm | प्रवास,फोटो,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।