मोरङ सुनसरी सेवा समाज कुवेतको तेस्रो वार्षिकोत्सव तथा दोस्रो साधारण सभा २५ जनवरिमा
कुवेत। “मोरङ सुनसरिको चाहना, समृद्ध समाजको स्थापना” भन्ने मुल नाराको साथ दुई बर्ष पहिले कुवेतको दर्जनौँ संस्थाहरुको बिचमा स्थापना भएको मोरङ सुनसरी सेवा समाज कुवेतले आगामी जनवरी २५ तारिकका दिन आफ्नो दोस्रो साधारण सभा तथा तेस्रो वार्षिकोत्सव कार्यक्रम तय गरेको छ। संस्थाले दुई बर्षे कार्यकाल पूरा गर्दै तेस्रो बर्षमा प्रवेश गरेको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष अरुण लिम्बुले आर डि क्रीएशनलाइ जानकारी गराएका छन। उक्त दोस्रो साधारण सभाले नयाँ कार्यसमिती बनाउनेछन।
मोरङ सुनसरी सेवा समाज कुवेतले भुकम्प पिडित्लाइ सहयोग, गत बर्ष मोरङ र सुनसरिमा भएको बाढी पिडितलाइ कुवेतमा क्रीयाशिल संस्थाहरु भोजपुर सेवा समाज कुवेत, किरात राई यायोक्खा कुवेत र खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतसंग सहकार्य गर्दै मोरङ सुनसरी सेवा समाज केन्द्रको मातहतबाट तत्काल उद्दार तथा गासबास कपासको ब्यबस्था जस्ता महान कार्यहरु गरिसकेका छन। त्यति मात्रै होइन, मोरङ सुनसरी सेवा समाज कुवेतको संयोजकत्त्वमा मिरङ र सुनसरिका विभिन्न स्थानमा निशुल्क आँखा शिविर समेत आयोजना गरेको छ। त्यसो त कुवेतमा आपत बिपदमा परेका नेपालिहरुलाइ सहयोग तथा उद्दारको काममा पनि निरंतरता दिइरहेको छ।
२५ जनवरीका दिन फर्वानियास्थित युनिक अडिटोरियम हलमा हुन लागेको सो कार्यक्रममा कुवेतका स्थानिय कलाकारहरुको प्रस्तुती समेत रहनेछ। कार्यक्रम दिउँसो ठिक १२ बजेबाट सुरु हुनेछ। उक्त दिन कुवेतमा क्रीयाशिल कुनै पनि संघ संस्थाहरुले कार्यक्रम नजुधाइदिनहुन र कार्यक्रममा स्पस्थित भइ कार्यक्रमको शोभा बढाइदिनहुनको लागि आयोजक संस्थाका अध्यक्ष लिम्बुले अनुरोध गरेका छन।Thanks
December 25, 2018 5:00 pm | प्रवास,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा