मोरङ सुनसरी सेवा समाज कुवेतको तेस्रो वार्षिकोत्सव तथा दोस्रो साधारण सभा २५ जनवरिमा
कुवेत। “मोरङ सुनसरिको चाहना, समृद्ध समाजको स्थापना” भन्ने मुल नाराको साथ दुई बर्ष पहिले कुवेतको दर्जनौँ संस्थाहरुको बिचमा स्थापना भएको मोरङ सुनसरी सेवा समाज कुवेतले आगामी जनवरी २५ तारिकका दिन आफ्नो दोस्रो साधारण सभा तथा तेस्रो वार्षिकोत्सव कार्यक्रम तय गरेको छ। संस्थाले दुई बर्षे कार्यकाल पूरा गर्दै तेस्रो बर्षमा प्रवेश गरेको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष अरुण लिम्बुले आर डि क्रीएशनलाइ जानकारी गराएका छन। उक्त दोस्रो साधारण सभाले नयाँ कार्यसमिती बनाउनेछन।
मोरङ सुनसरी सेवा समाज कुवेतले भुकम्प पिडित्लाइ सहयोग, गत बर्ष मोरङ र सुनसरिमा भएको बाढी पिडितलाइ कुवेतमा क्रीयाशिल संस्थाहरु भोजपुर सेवा समाज कुवेत, किरात राई यायोक्खा कुवेत र खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतसंग सहकार्य गर्दै मोरङ सुनसरी सेवा समाज केन्द्रको मातहतबाट तत्काल उद्दार तथा गासबास कपासको ब्यबस्था जस्ता महान कार्यहरु गरिसकेका छन। त्यति मात्रै होइन, मोरङ सुनसरी सेवा समाज कुवेतको संयोजकत्त्वमा मिरङ र सुनसरिका विभिन्न स्थानमा निशुल्क आँखा शिविर समेत आयोजना गरेको छ। त्यसो त कुवेतमा आपत बिपदमा परेका नेपालिहरुलाइ सहयोग तथा उद्दारको काममा पनि निरंतरता दिइरहेको छ।
२५ जनवरीका दिन फर्वानियास्थित युनिक अडिटोरियम हलमा हुन लागेको सो कार्यक्रममा कुवेतका स्थानिय कलाकारहरुको प्रस्तुती समेत रहनेछ। कार्यक्रम दिउँसो ठिक १२ बजेबाट सुरु हुनेछ। उक्त दिन कुवेतमा क्रीयाशिल कुनै पनि संघ संस्थाहरुले कार्यक्रम नजुधाइदिनहुन र कार्यक्रममा स्पस्थित भइ कार्यक्रमको शोभा बढाइदिनहुनको लागि आयोजक संस्थाका अध्यक्ष लिम्बुले अनुरोध गरेका छन।Thanks
December 25, 2018 5:00 pm | प्रवास,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।