मनोज गजुरेलकी पूर्वपत्नीले डिभोर्सको वार्षिकोत्सव मनाउने
हास्य व्यंग्य कलाकार मनोज गजुरेलले पत्नी मिना ढकालसँग गत वर्ष डिभोर्स गरे । डिभोर्स अगाडिसम्म गुमनाम रहेकी मिना त्यसपछि भने लगातार चर्चामा रहिन् । कहिले गीत गाएर त कहिले तालतालका अन्तरवार्ता दिएर ।
उनै मिनाले श्रीमानसँग डिभोर्स भएको एक वर्ष पुरा भएको अवसरलाई उत्सवका रुपमा मनाउने भएकी छन् । उनले भोली आफ्नो नयाँ बानेश्वरस्थित बुटिकमा चियापान आयोजना गरेको बताइन् ।
‘हो मैले आफ्ना निकट शुभचिन्तकहरु तथा मिडियाकर्मीहरुलाई बोलाएर सानो जमघट र चियापान आयोजना गरेकी छु,’ उनले भनिन् । फेसबुकमा उनले आफू ‘स्वतन्त्र भएको एक वर्ष पुगेको उपलक्ष्यमा’ चियापानमा आउन शुभचिन्तकलाई निम्तो गरेकी छन् ।
डिभोर्सपछिको एक वर्ष कस्तो बित्यो त भन्ने अनलाइनखबरको जिज्ञासामा उनले भनिन्, ‘भोली चियापानमा आउनुस, त्यहीँ भन्छु है ।’
मनोज र मिना आपसी सहमतिमा सौहार्दपूर्वक छुट्टिएका थिए । उनीहरुका दुई छोराछोरी छन् । छोरा मनोजसँग र छोरी मिनासँग बस्छन् । मिनाले नयाँ बानेश्वरमा एउटा बुटिक सञ्चालन गर्दै आएकी छन् । उनी फिल्म बनाउने योजनामा पनि छिन् ।अनलाईन खबर
December 25, 2018 5:16 pm | संगीत,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :