समवेदना सन्देशमा ‘बधाई’ दिने कर्मचारीमाथि कारबाही सुरु
काठमाडौं : परराष्ट्र मन्त्रालयले इन्डोनेसियामा गएको सुनामी सम्बन्धी समवेदना सन्देश तयार गर्दा गल्ती गर्ने कर्मचारीमाथि कारबाही सुरु गरेको छ ।
बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै परराष्ट्रले सम्बन्धित अधिकारीमाथि कारबाही सुरु भएको बताएको हो । ‘त्रुटी कसरी हुन गयो भन्नेबारे सम्बन्धित अधिकारीसँग स्पष्टिकरण माग गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तथ्य पत्ता लागेपछि संलग्नलाई उचित कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।’
परराष्ट्रले बुधबार मन्त्रालयबाट जारी विज्ञप्तिमा भएको त्रुटी र आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्तो उल्लेख गरेको हो ।
सँगै मन्त्रालयले राष्ट्रपतिले इन्डोनेसियााका राष्ट्रपतिलाई पठाएको सन्देशमा त्रुटी भएको नभइ मन्त्रालयबाट त्रुटी भएको प्रष्ट पारेको छ ।
‘सम्माननीय राष्ट्रपतिज्यूबाट इन्डोनेसियाका महामहिम राष्ट्रपतिज्यूलाई प्रेषित सन्देशमा त्रुटी भएको नभई मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा यस्तो त्रुटी हुन गएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्रुटीप्रति मन्त्रालयले तत्कालै क्षमायाचनासहित स्पष्ट पारिसकेको छ ।’अन्नपूर्ण पोष्ट
December 27, 2018 3:17 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण