पारिवारिक समाज नेपाल, साउदीका अध्यक्ष अमृत पौडेलको पहलमा CWEAF नेपाललाई १ लाख २० हजार रुपैयाँ सहयोग।
पौष १२, २०७५, काठमाडौँ । पारिवारिक समाज नेपाल, साउदीका अध्यक्ष अमृत पौडेलको पहलमा स्वेता केसी अध्यक्ष रहेको संस्था ‘बालबालिका महिला तथा शिक्षा सहयोगी फाउन्डेशन नेपाल’ लाई रु. १,२०,०००/- आर्थिक सहयोग गर्नुभएको छ। संस्था कि अध्यक्ष केसीले सो रकम अनाथ बालबालिकाहरुलाई राख्ने टहरो निर्माणमा खर्च गर्ने बताएकी छिन्।
स्वेता केसीले विगत १० बर्षदेखि अनाथ बालबालिकाहरुलाई आश्रय दिदै आएकी छिन्। हाल उनको आश्रममा २५ जना अनाथ बालबालिकाहरुले आश्रय पाएका छन्।
उनले विगतमा एउटा घर भाडामा लिएर आश्रम संचालन गर्दै आएकी थिइन्। खर्च कम गर्नका लागि हाल उनले १ रोपनी जग्गा लिजमा लिएर अनाथ बालबालिकाहरुको आश्रमका लागि एउटा टहरो निर्माण गर्दै छिन्। सो टहरा निर्माण र व्यवस्थापनका लागि संस्था कि अध्यक्ष स्वेता केसीले देश विदेशमा रहेका सहयोग गर्न चाहने इच्छुक महानुभावहरुसँग आर्थिक सहयोगको लागि अनुरोध समेत गरेकी छिन्।
सो अभियानमा हातेमालो गर्दै पारिवारिक समाज नेपाल, साउदीका अध्यक्ष अमृत पौडेलको सकृयतामा एक लाख बीस हजार रुपैयाँ आर्थिक जुटाएर सो रकम आज हस्तान्तरण गरिएको छ। यस अभियानमा साथ दिनुहुने सहयोग दाताहरुको सूची यस प्रकार रहेको छ।
१) अमृत पौडेल, सा.रि. ७४१/-
२) द्वारिका राज गिरि, सा.रि. ६३१/-
३) अमर सापकोटा, सा.रि. ५००/-
४) मदन ओडारी, सा.रि. २००/-
५) हेम सुबेदी, सा.रि. २००/-
६) सौरव आचार्य, सा.रि. १६६/-
७) अरुण बेलबासे, सा.रि. १५०/-
८) सन्तोष सुबेदी, सा.रि. १५०/-
९) राजाराम थारु, सा.रि. १५०/-
१०) हुम सुनारी मगर, सा.रि. १०१/-
११) बिनोद खड्का, सा.रि. १०१/-
१२) गोपाल पंगेनी, सा.रि. १०१/-
१३) बाबुराम शर्मा, सा.रि. १०१/-
१४) पारस काफ्ले, सा.रि. १०१/-
१५) श्री रायमाझी, सा.रि. १०१/-
१६) जीतेन्द्र थपलिया, सा.रि. १००/-
१७) सुरेशराज त्रिपाठी, सा.रि. ५१/-
१८) पदम प्रसाद पाण्डे, सा.रि. ५१/-
१९) महेश घिमिरे, सा.रि. ५१/-
२०) गणेश पोख्रेल, सा.रि. ५१/-
२१) बिष्णु पौडेल, सा.रि. ५१/-
२२) तोकानाथ न्यौपाने, सा.रि. ५१/-
२३) लक्ष्मण पौडेल, सा.रि. ५०/-
२४) बिष्णु घिमिरे, सा.रि. ५०/-
जम्मा संकलित रकम सा.रि. ४,०००/- (रु. १,२०,०००/-) समाजका पूर्व प्रमुख सल्लाहकार हुम सुनारी मगर र समाज कै अध्यक्ष अमृत पौडेलका धर्मपत्नी लक्ष्मी पौडेलले ‘बालबालिका तथा महिला शिक्षा सहयोगार्थ संस्था नेपाल’ कि अध्यक्ष स्वेता केसीलाई हस्तान्तरण गरेका थिए।
स्मरण रहोस्, अमृत पौडेल अध्यक्ष रहेको संस्था, पारिवारिक समाज नेपालले विगतमा धेरै ऐतिहासिक सामाजिक कार्यहरु गरिसकेका छन्। ठिक एक बर्ष अगाडी साउदी अरेवीयामा तीन वटा कार्यक्रम आयोजना गरेर धुर्मुस-सुन्तली फाउन्डेशनलाई ७० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको थियो ।
साउदीमा आजीवन जेलजीवन विताएका रोल्पाका दिल घर्ती र गोर्खाका कुमार रानालाई जेलमुक्त गराउन समाजले झन्डै साढे चार लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए। त्यस्तै अथाह सामाजिक कार्यहरु गरिसकेको इतिहास समाजका अध्यक्ष पौडेलले बताएका छन्।
हुम सुनारी मगर
December 27, 2018 8:15 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण