Tuesday 23rd December 2025

एपी वान टेलिभिजनका क्यामरा पर्सन पौडेलको दुर्घटनामा मृत्यु

7 years अगाडी

चितवन : चितवन : एपी वान टेलिभिजनका क्यामरा पर्सन प्रवीण पौडेलको ट्रकको ठक्‍करबाट मृत्यु भएको छ। शुक्रबार बिहान ११ बजेतिर चितवनको रत्ननगरस्थित निपनी चोकमा मालबाहक ट्रकले ठक्‍कर दिँदा स्कुटीमा सवार रहेका २५ वर्षीय पौडेलको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। भरतपुरबाट टाँडीतर्फ जाँदै गरेका पौडेललाई पछाडिबाट आएको ना २ ख २१६६ नम्बरको ट्रकले उनी सवार बा १ प ९२१ को स्कुटरलाई ठक्‍कर दिएको थियो।

ठक्‍कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा राखिएको छ।

          December 28, 2018 5:20 pm | Uncategorized,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...