अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको आयोजनामा हुन लागेको सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा
कुवेत – अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको आयोजनामा हुन लागेको सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुबेतले आयोजना गरेको अंग्रेजी नयाँ बर्ष २०१९ जनवरी ४ तारिख हुने बृहत सांगीतिक कार्यक्रम मा लोकप्रिय गायक गीत–संगीत सिर्जना गरेर दर्शक तथा स्रोताको मन जितन सफल चर्चित गायक खुमन अधिकारी साथमा मनाउने कार्यक्रमको सम्पूर्ण तयारी भएको समाजका अध्यक्ष डोल राज न्यौपानेले जानकारी गराएका छन् ।
उक्त सांगीतिक कार्यक्रमका लागी चर्चित लोक गायक खुमन अधिकारी ३ तारिख बिहान ५ बजे फ्लाई दुबई एरवेजमा बाट कुवेत आइपुग्ने हुँदा सम्पूर्ण कुवेतमा कृयासिल संघ – सँस्थालाई स्वागतको लागी उपस्थित हुन आयोजकले अनुरोध गरेको छ ।
“मौलिक कला र सस्कृतिका साथमा कलाकारको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले कुवेतमा अंग्रेजी नयाँ बर्ष २०१९ जनवरी ४ तारिख हुने बृहत सांगीतिक कार्यक्रम भब्य रुपमा सफल पार्न जोडतोडका साथ लागेको संस्थाका अध्यक्ष डोलराज न्यौपानेले जानकारी दिए | कार्यक्रममा अतिथि कलाकारले धमाका मच्चाउने छन् भने स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ |
संस्थाका अध्यक्ष डोलराज न्यौपाने ले बिगतका दिनहरुमा जस्तै यस पकटको कार्यक्रममा पनि सबैको सहकार्य अपरिहार्य रहेको बताउदै कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागी हार्दिक अनुरोध गरेका छन |
मिति:- जनवरी ४ तारिख शुक्रबार २०१९
स्थान:- हवाली स्थित बोय स्काउट थियटरमा (सेन्टर पोइन्टको अगाडी)
समय:- बिहान ठिक ११ बजे
आयोजक :-अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुबेत
December 29, 2018 5:11 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण