कुवेतबाट दलित बच्चाहरुको लागी शैक्षिक सहयोग
कुवेत – कुवेतबाट दलित बच्चाहरुको शिक्षाको लागी आर्थिक सहयोग गरीयको छ । बिश्वकर्मा समाज बौदीकाली नवलपुरका बिदेश संयोजक छबी राम सुनारको पहलमा संकलित रकम रु १२ हजार दलित बच्चाहरुको शिक्षाको लागी सहयोग गरीएको हो ।
उक्त संकलित सहयोग रकम आज बिश्वकर्मा समाज बौदीकाली नवलपुरका अध्यक्ष बिर बहादुर बिकलाई अलमूल्ला एक्सचेन्ज बाट रकम पठाईएको बिदेश संयोजक छबी राम सुनारले बताए ।
दलित बालबालिकाको शिक्षामा पहुँच अभियानको लागी आर्थिक सहयोग गरेको सुनारले बताए
दलित समुदाय भन्नाले राज्यले सेवा सुविधा बाट बञ्चित गरेको ,आर्थिक, सामाजिक, राजनीतिक , शैक्षिक, धार्मिक संस्कृति पछाडि पारिएको समुदाय हो उनले भने दलित समुदायको समस्या धेरै रहेको बिषय सबै लाई जानकारी रहेको बिषय हो । जस मध्ये दलित समुदायको शिक्षामा पहुँच नभएकोले दलित समुदायको उन्नति प्रगति नभएको बुझिन्छ।
दलित समुदायको सबै बालबालिका हरूको शिक्षामा पहुँच हुनु पर्छ भने उद्देश्यका साथ सबै मिली दलित बालबालिकाको शिक्षामा पहुँच अभियान सुरू गरेका र यस अभियानमा सबैको सहभागिताको लागी समाजका बिदेस संयोजक छबी राम सुनारले अनुरोध समेत गरेका छन् ।

December 30, 2018 5:01 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण