प्रदेश २ बाट श्रम स्वीकृति दिन थालियो, सुरुमा सेवा लिने दुईजना सम्मानित
जनकपुर : प्रदेश नम्बर २ को जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति सेवा प्रदान गर्न थालिएको छ । केही समयअघि नै कार्यालय स्थापना भए पनि आइतबारदेखि सेवा प्रदान गर्न सुरु भएको हो ।
आइतबार पहिलो दिन श्रम स्वीकृतिको सेवा ग्रहण गर्ने दुईजनालाई सम्मान समेत गरिएको छ । कार्यालयको सेवारम्भ गरेको भन्दै दुई सेवाग्राही हंसपुर नगरपालिका–७ लौवाखोरका जलिल नदाफ र धनौजी बहुअर्वाका मो जिलानी मोमिनलाई सम्मान पनि गरिएको हो ।
सेवा प्रभावकारी बनाउने र केन्द्रमा चाप कम गर्ने भन्दै यही पुस महिनाभित्रै प्रदेश २ र ५ बाट श्रम स्वीकृति दिने गरी कार्यालय सञ्चालन गरिएको हो । जसमध्ये प्रदेश २ बाट आजैदेखि श्रम स्वीकृति दिन थलिएको निमित्त कार्यालय प्रमुख मनोज यादवले बताए ।
श्रम तथा रोजगार मन्त्रालयले यसअघि नै सबै प्रदेशबाछ श्रम स्वीकृति दिन सकिने भन्दै त्यस अनुरुप तयारी गरेको बताएको थियो । श्रम तथा रोजगार मन्त्रालयको तथ्यांक अनुसार वैदेशिक रोजगारका लागि विदेश जानेको संख्या सबैभन्दा धेरै प्रदेश २ र जिल्लामा धनुषा हो । यसैले पनि श्रम स्वीकृतिको लागि जनकपुरमा सञ्चालन गरिएको श्रम तथा रोजगार कार्यालयमा सेवाग्राहीको चाप बढ्ने अपेक्षा गरिएको छ ।अन्नपूर्ण पोष्ट
December 30, 2018 5:13 pm | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :