खुसीको खबर : सरकारले आउँदो माघ १ गतेदेखि जन्मिने छोरीको जीवन विमा गरिदिने
काठमाडौं । प्रादेशिक सरकारले आउँदो माघ १ गतेदेखि जन्मिने शिशुको जीवन विमा गरिदिने भएको छ । प्रदेश २ सरकारले आउँदो माघ १ गतेदेखि जन्मिने नवजात शिशुको जीवन विमा गरिदिने भएको हो । सो प्रदेशमा रहेका आठ वटै जिल्लाबाट एक एक गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका गरी ८ वटा स्थानीय तहको सबै वडाका हरेक शिशुलाई जन्मिएपछि विमा गरिदिने प्रादेशिक जनाएको छ ।
तराईमा छोरीलाई गर्भमै भ्रुण हत्या गरी जन्मिनुबाटै रोक्ने कुप्रथाको अन्त्य गरी छोरी भएर जन्मिन पाउने प्राकृतिक अधिकार प्रत्याभूती दिलाउन जीवन विमा गरिदिन लागेको मूख्यमन्त्रीको कार्यालयले जनाएको छ । मूख्यमन्त्री मोहम्मद लालबाबु राउतले बेटी बचाउ, बेटी पढाउ नीति तथा कार्यक्रम अन्तर्गत प्रदेश २ को ८ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहत र पर्साको ८ वटा स्थानीय तहको सबै वडामा जन्मिने नवजात शिशुको नाममा जीवन विमा गरिदिन लागेको बताए ।
प्रदेश २ सरकारले घोषणा गरेको बेटी बचाउ, बेटी पढाउ नीति तथा कार्यक्रम कार्यन्वयन गर्दै पहिलो चरणमा माघ १ गतेदेखि जन्मिने हरेक शिशुको नाममा एक लाख २५ हजार रुपैंयाँ बराबरको विमा गरिदिन लागेको मूख्यमन्त्री राउतले बताए ।
पहिलो चरणमा ८ जिल्लाको ८ वटा स्थानीय तहमा लागू गरेपनि दोश्रो, र तेश्रो हुँदै चरणवद्ध रुपमा बजेट तर्जुमा गरी ८ वटै जिल्लाको सबै स्थानीय तहको वडा तहसम्म घर घरसम्म विस्तार गर्ने लक्ष्य रहेको मुख्यमन्त्री राउतले बताए ।Thanks
December 31, 2018 6:49 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :