जापान रोजगारीको नाममा पैसा अशुल्दै म्यानपावर व्यवसायी, विभाग भन्छ, ‘भ्रममा नपर्नू’
काठमाडौं : वैदेशिक रोजगारीका लागि जापान पठाइने हल्लासँगै राजधानीका म्यानपावर व्यवसायीहरुले पैशा असुल्न थालेका छन् । जापानमा राजगारीका नाममा पत्रिकामा विज्ञापन गर्दै व्यवसायीहरुले पैसा अशुल्न सुरु गरेका हुन् ।
केही समयअघि जापानले नेपालबाट समेत कामदर लिन सक्ने नीतिमा समावेश गरेपछि यहाँका व्यवसायीहरुले युवाबाट राहदानी संकलन गर्ने पैसा समेत अशुल्न थालेका हुन् । वैदेशिक रोजगार विभागले भने सूचना प्रकाशित गरी भ्रममा नपर्न सबैलार्इ सचेत गराएको छ ।
विभागका निर्देशक भोलानाथ गुरागाईँद्वारा जारी विज्ञप्तिमा जापानमा रोजगारीको हल्लाको पछि नलाग्न सचेत गराइएको हो । जापान रोजगारी विषयमा कुनै पनि निर्णय नभएको भन्दै विभागले कसैलार्इ पनि राहदानी तथा पैसा बुझाउने काम नगर्न आग्रह गरेको छ । जापानसँग श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्ने विषयमा छिट्टै छलफल गरी टुंगो लगाउने पनि विभागले जनाएको छ ।
निर्देशक गुरागार्इँले कामदार जापान पठाउने विषयमा टुंगो नलागेकाले म्यानपावर कम्पनी, कन्सल्टेन्सी तथा व्यक्तिलाई पैसा तथा राहदानी नदिन सूचना जारी गरिएको जानकारी दिए । हल्लाकै भरमा कसैले राहदानी संकलन तथा पैसा असुलेको पाइए कारवाही गर्ने विभागले चेतावनी दिएको छ ।
यसअघि प्रशिक्षार्थी कामदारका रुपमा जिट्कोअन्तर्गत केही युवा जापान जाने गरेका थिए । जिट्को अन्तर्गत जापान जाने युवा भन्दा ठगिने युवा बढी थिए । जिट्को प्रभावकारी नभएपछि केही महिनाअघि नै बन्द भइसकेको छ ।अन्नपूर्ण पोष्ट बाट
January 2, 2019 6:42 pm | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :