रेशम चौधरीले लिए सपथ, सपथ पछी पुन: कारागार
7 years अगाडी
Susma Dhakal
काठमाडौं। कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीले सपथ लिएका छन्। सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्ष सिंहदरबारमा आज उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए। सो क्रममा चौधरीले थारु भाषामा सपथ लिए। उनलाई संसद् सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले सांसद्को लोगो लगाइदिए।
सपथ कार्यक्रममा राजपाका शीर्ष नेताहरु पनि उपस्थित थिए। चौधरीले गत फागुनमा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। उनी हाल पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्। प्रतिनिधि सभाको निर्वाचन भएको एक बर्षपछि शपथ ग्रहण गराइएका उनलाई फेरि कारागार फिर्ता लगिएको छ।










प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
Loading...