Wednesday 11th February 2026

रेशम चौधरीले लिए सपथ, सपथ पछी पुन: कारागार

7 years अगाडी

काठमाडौं। कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीले सपथ लिएका छन्। सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्ष सिंहदरबारमा आज उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए। सो क्रममा चौधरीले थारु भाषामा सपथ लिए। उनलाई संसद् सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले सांसद्को लोगो लगाइदिए।

सपथ कार्यक्रममा राजपाका शीर्ष नेताहरु पनि उपस्थित थिए। चौधरीले गत फागुनमा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। उनी हाल पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्। प्रतिनिधि सभाको निर्वाचन भएको एक बर्षपछि शपथ ग्रहण गराइएका उनलाई फेरि कारागार फिर्ता लगिएको छ।

 

          January 3, 2019 5:38 pm | टप,राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...