

प्रहरीद्वारा गायिका माझीबारे चासो
7 years अगाडी
Nepal Drishti

स्याङ्जा — केही दिनअघि उनका ५८ वर्षीय बाबु ताराबहादुरले छोरी विष्णुसँग सम्पर्क नभएको ११ वर्ष भएको बताए । यो अवधिमा छोरीको बोली सुन्न र अनुहार हेर्न नपाएको सुनाए ।
कलाकारिताको क्षेत्रमा मुलुककै पहिलो स्थानमा पहिचान बनाउन सफल स्याङ्जाकी विष्णु माझी लोक तथा दोहोरी गीत गायिका हुन् ।
January 4, 2019 12:15 pm | चलचित्र,समाचार
चापाकोट नगरपालिका ८ खोरियाघाटमा जन्मिएकी माझीले स्वर दिएका प्रत्येक गीतले चर्चा बटुलेका छन् । उनका हरेक गीत चर्चित छन् । यसकारण पनि उनी लोकगायनमा पहिलो स्थानमा छिन् । त्यसो त उनी महँगो पारिश्रमिक लिने कलाकारका रूपमापनि चिनिन्छिन् ।
करिब ११ वर्षअघि गायक सुन्दरमणि अधिकारीसँग वैवाहिक जीवनमा बाँधिएकी उनी भूमिगतजस्तै छिन् । बेला–बेला उनको खोजी सामाजिक सञ्जाल फेसबुकमार्फत हुँदै आए पनि उनी कहाँ छिन् ? के गर्छिन् ? कसको सम्पर्कमा आउँछिन् भन्नेबारे थाहा छैन । त्यसो त उनका माइती पक्षसमेत उनकाबारे खुलेर बोल्न सक्दैनन् ।
कान्तिपुरमा छापिएको समाचारका आधारमास्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले गायिका विष्णुको खोजी गरेका छन् । आफन्तका अनुसार कलाकारिता क्षेत्रमा समेत उनलाई विवाहपूर्व सुन्दरमणिले नै ल्याएका थिए ।
विवाहअघि नै माझीलाई ‘बन्धक’ बनाएको भन्ने समाचार आउन थालेपछि सुन्दरमणिले विवाह गरेको खबर बाहिर ल्याइयो । एक वरिष्ठ कलाकारका अनुसार माझीसँग विवाह गर्नुअघि सुन्दरमणिको विवाह भइसकेको थियो । हाल विष्णु जुम्ल्याहा दुई सन्तानकी आमासमेत बनेको भनिन्छ ।
कालीगण्डकी नदीको किनारमा रहेको झुपडीबाट कक्षा ९ मा पढ्दापढ्दै विष्णु काठमाडौं गएकी थिइन् । त्यसपछि उनी कोही आफन्त र साथीको सम्पर्कमा छैनन् । प्रजिअ निरौलाले कान्तिपुरमा प्रकाशित समाचारलाई आधार मानेर विष्णुको खोजी सुरु गरेको बताए ।
‘पहिले पनि उनका बारेमा धेरै चर्चा नचलेको होइन,’ उनले भने, ‘हामी पनि यस विषयमा मौनजस्तै थियौं । विभिन्न सञ्चार माध्यममा उनी श्रीमान्बाट नै बन्धक बनाइएकी भनिन्छ । अहिले स्याङ्जामै कार्यरत र विष्णु यसै जिल्लाको भएकाले खोजी गरेका हौं । यसबारे विष्णुका माइती र घरपक्षसँग पनि बुझ्ने छौं ।’ उनले सम्बन्धित निकायसमक्ष उनको खोजीका लागि पत्राचार गरिसकेको बताए ।
सुरिलो भाकाकी विष्णुले गाएका प्रत्येक गीत यु–ट्युब भ्युअर बढी हुन्छ । राष्ट्रिय कलाकार बनेकाले पनि यतिबेला उनको खोजी हुनु स्वाभाविक रहेको बताउँछन् विन्ध्यवासिनी म्युजिक प्रालिका निर्देशक सुवास रेग्मी । जिल्लाकै चेली भएका नाताले पहिलेबाटै खोजी गरिएको उनले बताए । ‘सुन्दरमणिबाट केही पत्ता लगाउन नसकिने र सुन्दरमणि स्वयं तर्किने गर्छन्,’ उनले भने । माझी सामाजिक कार्यक्रममा पनि देखिन्नन् ।
रेग्मीका अनुसार विष्णु गुपचुप रहे पनि हिट छिन् । उनलाई हालसम्म कोही कलाकारले जित्न सकेका छैनन् । जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले गायिका विष्णुबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए । यसो त उनको गुप्तवास स्वैच्छिक हो कि बाध्यता ? भन्ने प्रश्न नआएको पनि होइन् ।
विष्णुलाई आफ्नै श्रीमान्ले बन्धक बनाएर राखेका छन् भन्ने हल्ला चलिरहँदा त्यो सत्यसँग नजिक छ/छैन भन्ने रहस्य बनेको छ । उनको चौतर्फी माग हुँदासमेत देशका कार्यक्रममा सहभागी हुँदिनन् ।आजको कान्तिपुरमा समाचार छ ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी
Loading...

