इतिहासका विद्यार्थी शुन्य, प्राध्यापक आठ जना
काठमाडौँ, २० पुस । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा इतिहास विषय अध्ययन गर्न चाहने विद्यार्थी नै पाउन छाडेको छ । २०७० सालमा सात जना विद्यार्थी भर्ना भएकोमा २०७१ सालमा छ जना, २०७२ सालमा दुई जना, २०७३ सालमा एक जना र गत २०७४ सालमा शून्य विद्यार्थी रहे । यस वर्ष नयाँ भर्ना खुला भएकोछ, तर विद्यार्थी नआउलान् कि भन्ने चिन्ताले त्रिवि इतिहास केन्द्रीय विभागका प्राध्यापकहरूलाई सताउन थालेको छ ।
विभागले विहीबार आयोजना गरेको अन्तरक्रियामा त्रिवि मानविकी तथा समाजशास्त्र संकायका डिन प्रा.डा. शिवलाल भुसालले भन्नुभयो, “विद्यार्थीले जागिर र बजारको मागलाई ध्यान दिँदा मानविकी संकायका धेरै विषयमा पाइन छाडेका छन् ।” उहाँले कतिपय प्राध्यापकको जागिर खाने मानसिकताले पनि कतिपय विषयमा विद्यार्थी घटेको बताउनुभयो ।
मानविकी संकायमा इतिहासबाहेक संस्कृति, हिन्दी, भाषाशास्त्र, बौद्धदर्शन लगायतका विषयमा पनि विद्यार्थी सङ्ख्या खासै छैन । अर्थशास्त्र, अङ्ग्रेजी, ग्रामीण विकास, समाजशास्त्र आदि विषयमा विद्यार्थी सङ्ख्यामा समस्या छैन । त्रिविमा २२ केन्द्रीय विभाग छन् र सो अन्तर्गत ४० विषयमा पठनपाठन हुँदै आएको छ ।
२०६९ सालमा इतिहास विषयमा ९३ जना भर्ना भएका थिए । विद्यार्थीको संख्या बढेपछि प्राध्यापकहरू चकित हुनु भएको थियो । इतिहास केन्द्रीय विभागका प्रमुख डा. शंकर थापाले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका कारण पो त्यति विद्यार्थी भर्ना भएको भन्ने कुरा पछि थाहा भयो भन्दै थप्नुभयो, “स्ववियु निर्वाचनपछि कतिपय विद्यार्थी भर्ना रद्द गर्न चाहेको भन्दै रकम फिर्ता माग गर्न आएका थिए । कतिपयले त रुँदै पैसा मागे । पछि १२ जनालेमात्र अध्ययनलाई निरन्तरता दिए ।”
दिउँसो पठनपाठन गर्दा विद्यार्थी फेला नपरेको निष्कर्ष निकाल्दै सो इतिहास केन्द्रीय विभागले यसपटकबाट विहानी सत्रमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ भने विद्यार्थीलाई आकर्षित गर्न छात्रवृत्तिसमेत उपलब्ध गराउने आकर्षण विद्यार्थीलाई दिएको छ । आगामी माघ ३ गतेसम्म आवेदन बुझाउन सकिने बताउँदै उहाँले भन्नुभयो, “यसपटक विद्यार्थी सङ्ख्या बढ्ने विश्वास गरेका छौँ ।” इतिहास विषय अध्यापन गर्न आठ प्राध्यापक कार्यरत छन् ।
मानविकी तथा समाजशास्त्र संकायका पूर्व डिन भइसक्नुभएको इतिहासका प्राध्यापक डा. त्रिरत्न मानन्धरले विद्यार्थीको आवश्यकताअनुसार नयाँ विषय सुरु गर्नुपर्नेमा जथाभावी विषय सुरु गर्दा कतिपय विषयमा विद्यार्थी पाउन छाडेको तर्क गर्नुभयो ।
“विद्यार्थी सङ्ख्या घट्दै गएका विषयलाई अन्यसँग गाभ्दै लैजानुपर्दछ” उहाँले भन्नुभयो, “दूर शिक्षाका माध्यमबाट पठनपाठन गर्न सकिएमा विद्यार्थीविहीन बनेका विषयमा विद्यार्थी सङ्ख्या बढ्न सक्दछ ।” इतिहास केन्द्रीय विभागका पूर्व प्रमुख प्रा.डा. तीर्थप्रसाद मिश्रले केही विषयहरू रोजगारमूखी बन्न नसक्दा विद्यार्थी घटेको चर्चा गर्दै त्रिविले यस मामिलामा नयाँ नीति अवलम्बन गर्नुपर्ने देखिएको बताउनुभयो ।
January 4, 2019 1:40 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव