

दीपक मनाङेले सपथ लिन नपाउने

कास्की – सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएपछि सपथ ग्रहणका लागि निवेदन दिएका मनाङ (ख) बाट विजयी दीपक मनाङेका नामले परिचित राजीव गुरुङले सपथ लिन नपाउने हुनुभएको छ ।
आइतबार बसेको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कानुन अनुसार नै सपथ लिन नपाउने निर्णय गरेको हो । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कानुन अनुसार सपथ गराउन नमिल्ने निष्कर्ष निकाल्नुभएको हो ।
गएको पुष ६ गते थुनामुक्त भएपछि सपथ ग्रहणका लागि प्रदेश सभा कार्यालयमै पुगेर निवेदन दिएपछि चर्चामा रहनुभएको उहाँको विषयमा गण्डकी प्रदेशका सांसद दुई कित्तामा विभाजित छन् ।
गएको बिहीबार गुरुङले निवेदन दिएपछि हिजो यसबारे छलफल गर्न संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिए पनि सबै दलको प्रतिनिधित्व नभएको भन्दै बैठकले औपचारिकता पाएको थिएन ।
पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै मनाङेलाई ५ वर्ष कैद सजाय हुने भनी गरेको फैसलालाई गएको वैशाखमा सर्वोच्चले सदर गरेपछि मनाङबाट निर्वाचित मनाङे जेल गएका थिए ।
मनाङे सपथको माग गर्दै सर्वोच्च जानसक्ने बाटाेभने अझै खुला छ ।
सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा विभिन्न दलका नेताहरुले यो बिषयमा आफ्नो धारणा राख्ने छन् ।उज्यालो बाट
January 6, 2019 3:35 pm | टप,राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

