दीपक मनाङेले सपथ लिन नपाउने
कास्की – सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएपछि सपथ ग्रहणका लागि निवेदन दिएका मनाङ (ख) बाट विजयी दीपक मनाङेका नामले परिचित राजीव गुरुङले सपथ लिन नपाउने हुनुभएको छ ।
आइतबार बसेको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कानुन अनुसार नै सपथ लिन नपाउने निर्णय गरेको हो । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कानुन अनुसार सपथ गराउन नमिल्ने निष्कर्ष निकाल्नुभएको हो ।
गएको पुष ६ गते थुनामुक्त भएपछि सपथ ग्रहणका लागि प्रदेश सभा कार्यालयमै पुगेर निवेदन दिएपछि चर्चामा रहनुभएको उहाँको विषयमा गण्डकी प्रदेशका सांसद दुई कित्तामा विभाजित छन् ।
गएको बिहीबार गुरुङले निवेदन दिएपछि हिजो यसबारे छलफल गर्न संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिए पनि सबै दलको प्रतिनिधित्व नभएको भन्दै बैठकले औपचारिकता पाएको थिएन ।
पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै मनाङेलाई ५ वर्ष कैद सजाय हुने भनी गरेको फैसलालाई गएको वैशाखमा सर्वोच्चले सदर गरेपछि मनाङबाट निर्वाचित मनाङे जेल गएका थिए ।
मनाङे सपथको माग गर्दै सर्वोच्च जानसक्ने बाटाेभने अझै खुला छ ।
सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा विभिन्न दलका नेताहरुले यो बिषयमा आफ्नो धारणा राख्ने छन् ।उज्यालो बाट
January 6, 2019 3:35 pm | टप,राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण