धैर्य गरौं, पानीजहाजको टिकट काट्न पाइन्छ : प्रधानमन्त्री
7 years अगाडी
Nepal Drishti
२२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पानी जहाज कार्यालय’ स्थापनाको तयारी भइरहेको बताएका छन् ।
आइतबार संसदलाई सम्बोधन गर्दै ओलीले रेल र पानी जहाजको आफ्नो सपनालाई अफवाहको तुवालोमा पुर्ने प्रयास भइरहेको बताएका छन् ।
उनले भने, ‘कागजको डुंगा फ्याकियो, गुडिया रेल खेलाइयो । अहिले साथीहरुले पानी जहाजको टिकट काटौं भनेको काउन्टर खोइ भनेको सुनियो ।’
प्रधानमन्त्री ओलीले पानी जहाज चल्ने भन्दै पुस १६ का लागि टिकट काट्न निम्तो दिएका थिए । तर, उनले आफ्नो बाचा किन पूरा भएन भन्ने जवाफ दिनुको साटो प्रश्न गर्नेहरुलाई नै व्यंग्य गरेका छन् ।
हिजो पानी जहाज हुनसक्दैन भन्नेहरुले अहिले टिकट खोज्नु सकारात्मक भएको भन्दै उनले भने, ‘धैर्य गरौं, रेल आउँछ, पानी जहाज पनि चल्छ । टिकट काट्न पाइन्छ । म साथीहरुलाई ढुक्क हुन आग्रह गर्छु ।’
January 6, 2019 3:58 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...