

किरात याक्थुङ चुम्लुङ, कुवेतको आठौं वार्षिकोत्वस तथा चौथो अधिबेशन फेब्रुवरी ८, २०१९ मा हुने ।

कुवेत – किरात याक्थुङ चुम्लुङ, कुवेतले आफ्नो आठौं वार्षिकोत्वस तथा चौथो अधिबेशन फेब्रुवरी ८ २०१९ तारिक शुक्रबारको दिन गर्ने भएको छ । गत जनवरी ४ तारिक फर्वानिया पार्कमा चुम्लुङका अध्यक्ष श्री बल बहादुर काम्बाङको अध्यक्षतामा बसेको मासिक बैठकले उक्त निर्णय गरेको थियो । लिम्बु जातिहरुको मौलिक परम्परा झल्किने प्रस्तुतीहरु साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरुको साथमा अधिवेशन भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरिएको थियो । “हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो भाषा–लिपि हाम्रो सान” भन्ने नाराका साथ हुन लागेको कार्यक्रमको संयोजक किरात याक्थुङ चुम्लुङ, कुवेतका पुर्व उपाध्यक्ष श्री हरि लावतीलाई जिम्मेवारी दिइएको छ । कुवेतमा क्रियाशिल सबै संघ संस्थाहरुसंग सहकार्य र हातेमालो गर्दै आएको यस चुम्लुङले सोहि दिन नया कार्यसमिती चयन गर्ने छ भने फर्वानिया स्थीत यूनिक अडिटोरियम हलमा कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रम सफल पार्नको लागि कुवेतमा क्रियाशिल सम्पुर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिबी, समाजसेबी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागि किरात याक्थुङ चुम्लुङले हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रमः
मिति : फेब्रुवरी ८, २०१९ शुक्रबार ।
स्थान : यूनिक अडिटोरियम हल, फर्वानिया ।
समय : मध्यान्ह १२:०० बजेदेखि ५:०० बजे सम्म ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

