

बहुप्रतिभाशाली कलाकार चन्द्र शेखर शाही मनास्लु राष्ट्रिय अवार्ड – २०७५ बाट सम्मानित

काठमाडौं : बहुप्रतिभाशाली गायक तथा कोरियो ग्राफर चन्द्र शेखर शाही मनास्लु अवार्ड – २०७५ बाट सम्मानित भएका छन् । मनास्लु अवार्ड – २०७५ उत्कृष्ट गायन तथा कोरियोग्राफरको अवार्ड पूर्वसभामुख ओनसरी घर्ती मगरबाट ग्रहण गरेका हुन।
शनिबार राष्ट्रिय नाचघर जमल काठमाडौंमा एक कार्यक्रमकाबीच शाहीलाई उक्त अवार्ड सहित सम्मान गरिएको हो । सुर्खेतको भेरीगंगा नगरपालिका – १२ छिन्चुका शाहीको गीतसंगीत प्रतिको रुचि बाल्यकाल देखि नै थियोे। उनी दशक यता काठमाडौंमै रहेर कलाकारिता क्षेत्रमा संघर्षशिल छन।
निकै ब्यस्त रहने बहुप्रतिभाशाली शाही फिल्मी गीत मात्रै नभएर, दर्शक श्रोताहरुलाई अचम्मित पार्ने खालको अभिनय र दोहोरी गीत लगायतका क्षेत्रमा आफ्नो छुट्टै चर्चा कमाई रहेका छन् ।
शाही भन्छन – मनास्लु अवार्ड पाउनुमा दर्शक, श्रोता तथा सबै गीतसंगीतका पारखीहरुको माया ममता रहेको भन्दै आफू असाध्यै खुशी भएको र अझ कलाकारिता क्षेत्रमा अगाडि बढन हौसला मिलेको बताए।
बहुप्रतिभाका धनी कलाकार कमेडियन डान्स समेत गर्ने गर्छन् । उनका कमेडियन डान्स शाहीकै अफिसियल युटब च्यानलमा पनि हेर्न सकिन्छ।
January 9, 2019 12:32 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

