प्रसवको क्रममा बच्चाको खुट्टा जोडले तानेपछि बच्चा दुई टुक्रा
भारतको जेसलमेरको रामगढस्थिती सरकारी अस्पतालका चिकित्सकले प्रसवको क्रममा बच्चाको खुट्टा जोडले तानेपछि बच्चा दुई टुक्रा भएरबच्चाको कुमसम्मको भाग बाहिर आयो तर टाउको भित्रै अड्किएको हो । चिकित्सकले परिवारका सदस्यलाई केही नभनी महिलालाई जेसलमेर रिफर गरिदियो । जेसलमेरबाट जोधपुर पठाउदा यो घटनाबारे पर्दाफास भएको हो ।
तीन दिनअघि दीक्षा कंवरलाई प्रसव पीडा भएपछि उनका परिवारका सदस्यले रामगढ अस्पताल लगे । त्यहाँ भर्ना गरेपछि चिकित्सकले बिरामीलाई जेसलमेर लैजान आग्रह गरे । तर परिवारका सदस्यलाई प्रसवको क्रममा बच्चाको टाउको भित्रै अड्किएको भन्ने जानकारी दिइएन ।
रामगढ अस्पतालका चिकित्सा प्रभारी डा। निखिल शर्माले यसबारे स्पष्टिकरण दिँदै भने, ‘जब सुत्केरीलाई अस्पताल पुर्याइयो तब यहाँका चिकित्सकले उनलाई प्रसव कक्षमा पुर्याए । त्यहाँ उनीहरुले बच्चाको खुट्टा बाहिर आइरहेको र उसको मृत्यु भइसकेको थाहा पाए । हाम्रो अस्पताल सुविधासम्पन्न नभएकाले सुत्केरीलाई जेसलमेर रिफर गरिएको हो ।’
January 10, 2019 1:22 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।