

छाउ गाेठमा निश्वासशीयर तीन अामा छाेराकाे मृत्यु

महेश कार्की-
बाजुरा- एका विहानै छाउगोठमा तीन आमा छोराको मृत्युको खवरले आज बुढीनन्दा नगरपालिका सहित बाजुरा शोकाकुल बनेको छ । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ९ साविकको पाण्डुसैन गाविसको भुगेचौरमा छाउगोठमा निश्वासीएर एकै परिवारका तीन जनाको ज्यान गएको हो । महिनावारी भए पछि तीन दिन देखि छाउबार्न नजिकैको गोठमा सरेकी ३५ बर्षिया अम्वा बोहोरा सहित उहाँका दुई छोरा १२ बर्षका सुरेश र ९ बर्षका रमितको सो गोठमा निश्वासीएर मृत्यु भएको हो ।
पुष महिनाको कठ्याङिग्रदो जाडो छल्नका लागि बोहोराले गोठमा आगो बालेको र गोठमा भएको धुवाँ बाहिर जान नसकेपछि निश्वासीएर दुई छोरा सहित आमाको पनि मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको बाजुरा प्रहरी प्रमुख उद्धवसिह भाटले बताउनु भएको छ । गोठको सानो चुलोमा आगो बालीएको थियो । र उनीहरुको खुट्टा तिरको भाग जलेको छ त्यसो प्रकृति हेर्दा निश्वासीएरै मृत्यु भएको हुन सक्छ सो घटना स्थलमा पुगेका पत्रकार महेश कार्कीले बताउनु भएको छ । छाउपडि प्रथा अन्त्यका लागि जिल्लामा विभिन्न प्रकारका प्रयास गरिएको भए पनि यो घटनाले ति प्रयासहरु सफल नभएको लागेको एक गैरसरकारी संस्था पिसवीन बाजुराको सम्पूर्ण परियोजनाका अधिकृत जयलाल विकले बताउनुभयो । सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा छाउपडि प्रथा विगत लामो समय देखि कु–प्रथाका रुपमा कायमै रहेको छ । छाउपडि जस्तो दण्डनिय कामको अन्त्यका लागि राज्य र गैर सरकारी तवरबाट भए…
January 10, 2019 1:52 pm | समाचार

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

