जापानी मन्त्री प्रमुख प्रतिपक्ष दलका नेतासँग भेटघाट नगरी फर्के
काठमाडौँ, २७ पुस । दुई दिने औपचारिक भ्रमणमा बुधबार काठमाडौं आएका जापानका विदेशमन्त्री तारो कोनोले प्रमुख प्रतिपक्ष दलका नेतासँग दुईपक्षीय औपचारिक भेटघाट नगरी फर्केका छन्। परराष्ट्र मन्त्रालयले नभेट्न सुझायो वा उनले आवश्यकता महसुस गरेनन् यो विषयमा सरकार पक्ष अनविज्ञ छ।
प्रतिपक्ष दल राज्य संयन्त्रमा नदेखिएको भनिरहेको अवस्थामा सदाबहार मित्र एवं दातृ मुलुकको संज्ञा पाएको जापानी राजनीतिक नेतृत्वले सत्ता पक्षसँग दुईपक्षीय औपचारिक छलफल तथा शिष्टाचार भेट गर्दा प्रमुख प्रतिपक्षलाई बिर्सनु अस्वभाविक हो।
औपचारिक भ्रमणमा सत्ता पक्षसँगको भेट जत्तिकै महत्व प्रमुख प्रतिपक्ष दलसँगको छलफल पनि हुने गर्छ। सत्ता र बाहिर रहेको पक्षसँग समानान्तर छलफलपछि मात्र भ्रमण पूर्ण हुने कूटनीतिक अभ्यास छ। चार–पाँच घण्टाको संक्षिप्त भ्रमणमा समेत प्रमुख प्रतिपक्षलाई भेट्ने र सत्तापक्षप्रति प्रमुख प्रतिपक्षको धारणा बुझ्ने काम हुन्छ।
January 11, 2019 10:09 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव