मेष,सिंह र धनु राशि भएका व्यक्तिहरुले यी तिन कार्यहरु झुकिएर पनि गर्न हुँदैन ! कलंक र बदनामी मात्रै मिल्न सक्छ !
धेरै पटक कर्मले भाग्य वृद्धि हुनबाट अवरोध पुर्याउने गर्छ। हरेक व्यक्तिको भाग्यमा ग्रहहरुले असर पार्ने गर्छ। ग्रहले गर्ने राशि परिवर्तनसँगै हरेक स्थितिले भाग्यमा छुट्टै भूमिका खेल्ने गर्छ। आज हामी तिन राशिको भाग्यको बारेमा यहाँ चर्चा गर्ने छौँ। मेष, सिंह र धनु राशिले गर्न नहुने कार्यहरुको बारेमा हामी चर्चा गर्ने छौं। मेष राशिको स्वामी मंगल ग्रह रहेको छ, सिंहको सूर्य, धनुको वृहस्पति स्वामी रहेको छ।
सूर्यको भूमिका महत्वपूर्ण : यी तीन राशि हरेक कार्यमा अगाडी बढ्नको लागि सुर्यको भूमिका महत्वपुर्ण रहने गर्छ। यदि सूर्यको नराम्रो असर कुण्डलीमा रहेको अवस्थामा यी तीन राशिको दिन बिग्रनलाई खासै समय लाग्दैन। साथै छिटै भाग्य बिगार्न सक्ने हुन्छ।
भाग्यवृद्धिको कारक सूर्य : सूर्य मेषको लागि पंचमेष, सिंहको लागि लग्नेश र धनुको लागि भाग्येश र नवमेष भावमा भूमिका हुने गर्छ। यी तिन राशिको लागि सूर्य बल, सुख र बुद्धिको रुपमा धेरै भूमिका रहने गर्छ। यी तिन राशिले निम्न उल्लेखित कार्यमा विशेष ध्यान दिनु पर्ने हुन्छ।
यी तिन राशि भएका व्यक्तिहरुले कहिले पनि सूर्योदय सम्म सुत्न हुँदैन। यति मात्र नभएर दिउसो सुत्न नहुने गर्छ। यसो गर्नाले यी राशिहरुको भाग्यमा असर गर्ने गर्छ।
यी तिन राशि भएका व्यक्तिले दिउसो अथवा बिहान कहिले पनि शारीरिक सम्बन्ध बनाउन हुँदैन। ज्योतिष शास्त्र अनुसार दिउसो शारीरिक सम्बन्धबाट गर्वधारण भएमा बच्चाको भाग्य राम्रो नहुने मान्यता रहेको छ। शारीरिक सम्बन्ध शुक्र र शनि ग्रह अन्तर्गत आउने हुँदा सूर्यको उपस्थितिमा यी तिन राशि हुनेहरुले कहिले पनि गर्न हुँदैन।
यी तिन राशि भएका व्यक्तिले कहिले पनि बिहान अथवा दिउसो मदिरा कहिले पनि शेवन गर्न हुँदैन। यसो गर्नाले यी तिन राशिको भाग्यमा सूर्यको प्रभाव कम्जोर हुन जान्छ, जसका कारण दुख मात्रै मिल्न सक्छ।
January 11, 2019 10:52 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी