माघेसङ्क्रान्ति पर्वको चहलपहल बढ्दै
बर्दिवास । माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरी जिल्लाका आदिवासी थारु जाति र मगर बस्तीमा चहलपहल बढेको छ। पर्वको तयारीमा अन्य जातजाति पनि लागे पछि यसलाई मुख्य पर्व नै मान्ने तराईका आदिवासी थारु र मगर बस्तीमा माघसङ्क्रान्ति पर्वको रौनक छाएको हो। थारुले ‘माघी’ भन्ने यस पर्वका लागि माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितका मासु परिकारको जोहो गरेका छन्। पर्वका लागि छोरीचेली, ज्वाइँचेला र भाञ्जाभाञ्जी डाकिएका छन्।
त्यसैगरी जिल्लाको बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्रमा सघन बसोबास रहेका मगरले पनि थारुजस्तै पर्वको जोहो गर्दै आफन्तलाई डाकेका छन्। पर्व नजिकिँदै गर्दा थारु र मगर बस्तीमा टाढाटाढा काममा गएकाहरु घर आउने क्रम जारी छ।
जिल्लामा भङ्गाहा नगरपालिकाका सबैजसो बस्ती थारु बसोबास बाहुल्यताका छन् भने गौशाला नगरपालिकाका निगौल, बिसरपुर र रामगोपालपुर नगरपालिकाको विश्वम्भरपुर थारु बसोबासका बस्ती हुन्।
थारु र मगरबाहेक हिन्दू परम्परा मान्ने अन्य जातजाति पनि यहाँ तिलासक्रायत भनिने माघेसङ्क्रान्ति पर्वको तयारीमा जुटेका छन्। पर्व मुखमै आइपुग्दा जिल्लाका बजारमा पर्व विशेषका सामग्रीको बजार जमेको छ महोत्तरीसहितका मिथिला क्षेत्रमा यो पर्वमा खास महत्वको मानिने तील, सख्खर (मिठ्ठा), चिउरा र मुरीको बजार जमेको हो।
तिलासक्रायत पर्वमा तील, चिउरा र मुरीका लाई (लड्डु) बनाएर कूलदेवतालाई चढाइ इष्टजनसँगै खाने, खुवाउने मैथिल परम्परा छ। यो परम्पराले अहिले पर्वविशेषमा चाहिने सामग्रीको बजार जमेको हो।
खास पर्वले चिउरा र मुरीको मूल्यमा खासै फरक नआए पनि तील र सख्खरको मूल्य भने आकासिएको छ। यसअघि प्रतिकिलो १५० देखि २०० सम्म पाइने तील अहिले जिल्लाका बजारमा ३५० सम्म र सख्खर प्रतिकिलो १०० सम्म पुगेको बजारु उपभोक्ताले बताएका छन्।
तिलासङ्क्रान्ति पर्व नजिकिँदै आउँदा सर्वसाधारण उपभोक्ता चर्को मूल्यमा पर्ने भए पनि महोत्तरीका तील र उखु किसानले भने थोरै राहत महसुस गरेका छन्। जग्गामा तील थोरै उत्पादन हुने हुँदा अहिले पाएको मूल्यले अन्यबाली सरह रकम प्राप्त हुनुले केही सन्तोष दिलाएको तील उत्पादक किसान बताउँछन् एक दशक पहिलेसम्म १०० हेक्टरसम्म क्षेत्रफलमा हुँदै आएको तीलखेती त्यसयता घट्दै गएर अब त कसैकसैले थोरै पाखो बारीमा मात्र लगाउने स्थितिमा पुगेको छ। रासस
January 12, 2019 12:15 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।