जाडोमा सतर्क भएर प्रयोग गर्नुहोस् हिटर, जानसक्छ ज्यान
काठमाडौं । पछिल्लो केही समययता तापमान घट्दो क्रममा छ । जाडोको कारण मानिसहरुको दैनिक कामहरु पनि प्रभावित बन्न पुगेका छन् । यस्तोमा जाडोबाट बच्नका लागि मानिसहरुले बाक्ला कपडाहरु लगाउनेलगायतका प्रयासहरु गर्ने गर्छन् ।
धेरै मानिसहरु न्यानोका लागि ब्लोअर तथा हिटरको प्रयोग गर्ने गर्छन् । यद्यपि यसले मानिसको छालामा पार्ने असरको विषयमा भने उनीहरु अनजान हुन्छन् । त्यसैले हिटर वा ब्लोअर चलाउँदाको समयमा आफ्नो र परिवारको स्वास्थ्यको ध्यान दिनु जरुरी हुन्छ । त्यसका लागि निम्न कुराहरुमा ध्यान दिनु राम्रो हुन्छ –
१. हिटर नजिकै कुनै पनि कागज, ब्ल्यांकेटजस्ता बल्नसक्ने सामग्रीहरु राख्नु हुँदैन ।
२. आवतजावत हुने स्थानमा हिटर राख्नु हुँदैन । विशेषगरी बच्चाहरुको पहुँचबाट हिटरलाई टाढा राख्नुपर्छ र यसलाई समथर सतहमा राख्नु राम्रो हुन्छ ।
३. हिटरलाई बेलाबेलामा बन्द गर्ने र कोठा खोल्ने गर्दै गर्नुपर्छ । प्रयोग नभएको बेलामा हिटर बन्द गर्नु राम्रो हुन्छ । कोठा बन्द गरेर हिटर अन गर्दा त्यसबाट आउने कार्बन मोनोअक्साइडले मानिसको स्वास्थ्यमा निकै हानिकारक असर पार्छ । खाटमा सुत्न जानुअघि हिटर अन गर्नुहुँदैन । यस्तो गर्दा मानिसको ज्यानसम्म जान सक्छ ।
४. मुटु तथा श्वासप्रश्वासजस्ता समस्या भएका मानिसहरुले एयर ब्लोयरको प्रयोग गर्नुहुँदैन ।
५. छालाको लागि पनि हिटरको प्रयोग राम्रो हुँदैन । लामो समय हिटरमा बस्नुले छाला सुख्खा हुन पुग्छ । यसका साथै हिटरले आँखा पनि सुख्खा हुनपुग्छ ।
६. यदि कोठामा हिटर चलिरहेको छ भने समयसमयमा पानी खाइरहुनपर्छ । त्यसका साथै चिया, कफी वा सुप पिइरहनु राम्रो हुन्छ । यसले छाला सुख्खा हुनबाट केही कम गर्न सक्छ ।
January 12, 2019 2:31 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह