Thursday 25th April 2024

कुवेतमा रक्सि फ्याक्ट्री खोलेर धन्दा चलाउने ४ नेपाली पक्राउ

5 years अगाडी

कुवेत, १३ जनवरी
कुवेतको जाबेर अल-अहमद एरिमाया फैक्ट्री खोलेर रक्सि बनाउने ४ जना नेपालीहरुलाई स्थानिय पुलिसले गिरफ़्तार गरेको एमनमातले जनाएको छ । पुलिसले अत्याधिक मात्रमा मदिरा बनाउने पदार्थ साथै तयारी अवस्थामा रहेको रक्सि सहित गिरफ़्तार गरिएको हो ।

पछिल्लो समय कुवेतमा ग़ैरक़ानूनी कार्यमा संलग्न नेपालीहरु संख्या धेरै छ । जस्ले गर्दा नेपालीहरुको साख खस्किदो अबस्थामा छ । यस्तै गतिबीधीले गर्दा नेपालीले भिषा रिन्यू गर्दा अनिवार्य फिगंरको व्यवस्था कुवेत सरकार लागु गरेको छ भने सम्बन्धी सबै निकायले ध्यान दिनु जरुरी छ ।

हाल कुवेतमा ५८ जना नेपालीहरु जेल जीवन बिताइरहेका छन। जसमा सबै भन्दा बढी ५० जना लागू औषध सम्बन्धि छन भने २ जना हत्याको आरोप र अन्य विभिन्न आरोपमा ६ जना रहेका छन। २०१८ मा मात्र कुवेतमा ४८ जनले सडक दुर्घटना, हृदयघात तथा विभिन्न कारणले ज्यान गुमाएको तथ्यांक नेपाली दूतावास कुवेतले जानकारी दिएको छ।

          January 13, 2019 1:10 pm | प्रवास,समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...